गरे के हुदैन ? इच्छा शक्ति भयो भने वडास्तरमै पनि महत्वपूर्ण र दीर्घकालीन महत्वका कामहरु गर्न सकिन्छ भन्ने उदाहरणीय कामको सुरुवात गरेको नेपालगन्ज–१२ ले । ‘हामीलाई थाहा छ यो गाह्रो काम हो’, वडाध्यक्ष बुद्धिसागर सुवेदीले दैनिक नेपालगन्जस“ग भने, ‘तर, आम जनताको सहयोगबाट यसलाई सार्थक परिणाममा पुर्याउने छौं ।’
नेपालगन्ज–१२ भित्र मदिरा नियमनका लागि कडा निर्णय गरिएको हो । ‘त्यसको खबरदारीका लागि मंगलबार चेतनामूलक र्याली आयोजना गरेका छौंं’, वडाध्यक्ष सुवेदीले आम जनताको मागका आधारमा नै आफुले घरेलु मदिरा पूर्णत निषेध गरिएको र इजाजत प्राप्त मदिराका लागि पनि दैनिक दुई घण्टा मात्र विक्री समय छुट्याइएको जानकारी दिंदै भने । उनका अनुसार, साझ ७ बजेदेखि ९ बजेसम्म मात्र इजाजत प्राप्त पसलबाट वैधानिक मदिरा बेच्न पाउने व्यवस्था गरिएको छ ।
वडाले आफ्नो शासित क्षेत्र भित्र घरेलु मदिरा पूर्ण रुपमा उत्पादन र बेचबिखन निषेध गरिसकेको छ । ‘निर्णयलाई कडाईका साथ लागु गर्ने व्यवस्था मिलाइएको छ’, वडाध्यक्ष सुवेदीले भने । मंगलबार महिलाहरुको अत्याधिक सहभागितामा र्याली निकालिएको हो । र्यालीमा सहभागी महिलाहरुमा अधिकांस चिडिमार समुदायका थिए । ‘चिडिमार समुदायमा महिलाहरु मदिराका कारण घरेलु हिंसामा परेको अवस्था छ’, वडाध्यक्ष सुवेदीले उनीहरुकै प्रेरणाले पनि यो निर्णय गर्नलाई परिस्थिति सिर्जना गरेको बताए । र्यालीमा सहभागीहरुले वडा नं. १२ मा बालमैत्री शासन देखि घरेलु मदिरा मुक्त वडाका बारेमा जानकारीमूलक ब्यानर लिएर हिडेका थिए ।