नेपालीहरुकै एउटा समूहले भारतमा बसी नेटवर्किङ्गको ठगी धन्दा चलाइरहेको पाइएको छ ।
प्रहरीले ठगी धन्दा सञ्चालन गर्ने पाच जनालाई पक्राउ गरी मुद्दा चलाएपछि भारतमा बसेर एउटा गिरोहले नेपाली ठग्न नेटवर्किङ्ग व्यवसाय चलाइरहेको खुलासा भएको हो । ‘ताज फेसन कम्पनी’का नाममा उनीहरुले भारतका विभिन्न सहरमा नेपालीहरुलाई लगेर तालिम समेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तालिमका लागि भन्दै लगिंदै गरेका १४ महिला सहित २६ जनालाई बाके प्रहरीले उद्दार गरेपछि ठगीमा संलग्न पाच जनालाई पक्राउ गर्न सकिएको हो । ‘ठगी धन्दामा संलग्न अरुको पहिचान र खोजी कार्यमा प्रहरी अनुसन्धानलाई अगाडी बढाइएको छ’, आइतबार पक्राउ पाच जना विरुद्ध अदालतमा म्याद थप गरिएको जानकारी दिंदै बा“के प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले दैनिक नेपालगन्ज सग भने, ‘ताज फेसन कम्पनी (टिएफसी) का नाममा ठगिनेहरुको समूहमा नेपालीहरु धेरै नै छन् भन्ने लागिरहेको छ ।’ उनीहरुलाई पक्राउ गरिएको समाचार प्रकाशमा आएपछि ठगिनेहरु प्रहरीको सम्पर्कमा आउने प्रहरीको अपेक्षा छ ।
प्रहरीका अनुसार, पिरामिड शैलीको उक्त नेटवर्किङ्ग व्यवसायमा ६ हजार भारु दिई सदस्यता बन्ने व्यवस्था छ । ‘६ हजारबाट न्यून मूल्यका केही फेसनेबल कपडा उपलब्ध गराइन्छ’, अनुसन्धानमा खुलेका तथ्य पस्कदै प्रहरी भन्छ, ‘सदस्यकै खर्चमा भारतका विभिन्न ठाउमा तालिम लिएर फर्केपछि आफु जस्तै १५ सदस्य बनाएपछि आफ्नो रकम फिर्ता हुन्छ ।’ अर्थात् ६ हजार फिर्ता लिनलाई १५ जनालाई फसाउनु पर्ने हुन्छ । ९० हजार भारतीय रुपैया“ बुझाइसकेपछि ती १५ जनाले थप सदस्यता बढाउदै जान्छन् ।
प्रहरीले दाङ्ग, बाके, बर्दिया, रुकुम, नेपालगन्ज र कोहलपुरका १४ महिला र १२ पुरुषलाई रुपैडिहाबाट दुई दिनअघि उद्दार गरेको हो । ‘कोहलपुरकी एक युवतीले रुपैडिहामा बस चढ्दै गर्दा शंका लागेपछि आफन्तलाई फोन गरेकी थिइन्’, प्रहरी उपरीक्षक तामांगले आफन्तबाट सूचना पाउनासाथ भारतीय प्रहरीको सहयोगमा क्वीक रेस्पोन्स गरेर उनीहरुलाई उद्दार गरिएको जानकारी दिंदै भने ।
प्रहरीले दुई दिन लगाएर कोहलपुर–११ का विवेक चौधरी लगायत ५ जनालाई पक्राउ गरेको हो । दाङ्ग दंगिशरण–४ का एवन चौधरी, तुल्सीपुर–७ की शान्ति चौधरी, निमा चौधरी र सन्दिप चौधरीलाई पक्राउ गरेको छ । उनीहरुले १३ लाख ७८ हजार ४ सय ८५ रुपैया लिई २६ जनालाई तालिमको बहानामा भारत लैजादै थिए । ३० बर्ष भन्दा कम उमेरका युवा, युवतीहरुलाई रोजगार र नेटवर्किङ्ग व्यवसायका बहानमा भारत लगिन लागेको अवस्थामा उद्दार गरिएको थियो । ‘उनीहरुको लखनउमा एक साताको तालिम आयोजना गर्न लागिएको बताइएको थियोे’, जिल्ला प्रहरी कार्यालय बा“केले दिएको जानकारीमा उल्लेख छ ।