इँटा भट्टा : भारतीय मजदुरको भर

(शब्द/तस्वीर : बिशाल रानामगर)

नेपालगन्ज आसपासमा दर्जनौको संख्यामा इँटा कारखानाहरु छन् । जसले वर्षमा लाखौंको संख्यामा इँटा उत्पादन गर्ने गर्छन । विशेष गरी तिहार पछि सुरु हुने इँटा उद्योगको काममा भने अधिकांश भारतबाट आउने मौसमी आप्रवासी कामदारहरु छन् ।

नेपालगन्ज आसपास रहेको पुरैना, पुरैनी, उदयपुर, मनिकापुर, बशुदेवपुर, कम्दीलगायतका क्षेत्रमा रहेका इँटा भट्टामा इँटा बनाउनका लागि परिवारसहितनै आउनेको संख्या उल्लेख्य छ । उनिहरु आफ्नो परिवारको साथमानै आउने र तिहार पछिदेखि वर्षा सुरु हुनु अघिसम्म इँटा भट्टामा काम गर्ने गर्छन । नेपालबाट जाने ब्यक्तिहरुले भारतका सीतापुर, बहराइच, मोतिपुर, भिन्गा, लखिमपुरलगायतका गाउँहरुमा पुगी परिवारसहितनै कामदारहरु इँटा भट्टामा काम गर्न लिएर आउने गरेका छन् ।

परिवारसहितनै आउने भारतीय कामदारहरु आफ्ना छोराछोरी पनि सँगै लिएर आउने र सिजन भरी काम गरी फर्कने गर्दछन् । जसका कारण उनिहरुले केही रुँपैया आम्दानी त गर्छन नै बाबु आमासँगै आउनु पर्दा भने बालबालिकाहरुको पढाई रोकिने गरेको छ ।

नेपालबाट कामको खोजीमा खाडी मुलुक जानेहरुमध्ये सबैभन्दा बढि कामदार विदेश जानेमा बाँके जिल्ला पनि एक हो । तर यहाँ भएका दर्जनौ इँटा भट्टा भने भारतीय कामदारहरुको भरमा चलेका छन् ।

बाबुआमाले नेपालको इँटा भट्टामा काम गर्ने समयमा कामदार परिवारका बालबालिकाहरुसमेत इँटा बनाउने कार्यमा संलग्न हुन्छन् । जसका कारण उनिहरु पढ््ने अवसरबाट बञ्चित हुने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया