बाके २ पुस/ नेपालगन्जमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गीत तथा नृत्यले दर्शकको ध्यान तानेको छ नै साथै बिभिन्न विद्यालयका विद्यार्थीहरुले राखेको बिज्ञान प्रदर्शनीका स्टलहरुले सबै धेरै ध्यान खिचेको छ ।
बिद्यार्थी, शिक्षक मात्र होइन अन्य दर्शकहरुले बिद्यार्थीहरुको बिज्ञान प्रदर्शनीमा झुम्मिएको देख्न पाईन्छ । ज्ञानोदय मावि खजुरा, स्प्रिङ्गडेल, पशुपति, जेनिथ बोर्डिङ्ग लगायतका स्कुलले बिज्ञान प्रदर्शनी गरिरहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन् भने बिज्ञान प्रदर्शनीका बिषयमा आगन्तुकहरुलाई जानकारी समेत दिइरहेको देख्न पाईन्छ ।
ज्ञानोदय मावि, जेनिथ खजुराका विद्यार्थीहरुले अत्याधुनिक पुलको डिजाईन नै तयार पारेका छन् । उनीहरुले हाइड्रोलिक पुल, मोटरबेल स्पेन्सन् ब्रिजको नमना नै तयार गरेका छन् । सो बिद्यालयका बिद्यार्थी भानुभक्त कुमाल, बिजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमुना तयार गरेका हुन ।
बहुभाषिक कवि गोष्ठी सम्पन्न
बाके : शैक्षिक महोत्सवको तेस्रो दिन आईतबार साहित्यतर्फ बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा बिभिन्न भाषाभाषीका चर्चित कविहरुले आफ्ना कविताहरु वाचन गरेका थिए । सो अवसरमा साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलको पहिलो मुक्तक संग्रह ‘लेकबेसीका आशुहरु’ बिमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सनत रेग्मीले सो कृति बिमोचन गरेका थिए । हरिप्रशाद तिमिल्सेना, हरिमाया भेट्वाल, अब्दुल लतिफ शौक, सचिदानन्द चौबे, अमर शाह, शिशिर सापकोटा, पुष्पमणी प्रधान, रामचन्द्र आचार्य, भोजराज ढकाल, भोजराज शर्मा नादिर, सुन्दर गुरुगं, महेन्द्र सेढाई लगायतले कविता बाचन गरेका थिए ।
महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सोमबार बद्रि पंगेनी आउने
बाके : शैक्षिक महोत्सवमो तेस्रो दिन आईतबार शंकर बिसी,रमेशरज भट्राई, टिका पुन, अन्जली अधिकारी, रोजिना अधिकारी लगायतका कलाकारले मन्च तताएका थिए । महोत्सवको चौथो दिन सोमबार चर्चित लोकगायक बद्रि पंगेनी, पुरुषोत्तम न्यौपाने लगायतका कलाकारहरु आउदै छन् । उनीहरु लगायत राजनराज सिवाकोटी, राजनराज सिवाकोटी, दिपसागर थापा, आरुषी मगर लगायतको उपस्थिती रहने प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए ।