नेपालगन्जमा सिसि टिभी जडान गरिने

उपमहानगरलाई सरसफाई, ट्राफिक व्यवस्थापनमा बैंकिङ्ग क्षेत्रको सहयोग

नेपालगञ्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा समेत जोड दिन लागिएको हो ।
उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाको अध्यक्षतामा विहीबार बसेको वैठकमा बैंकर्सले नगरको सरसफाई, ट्राफिक व्यवस्थापन र सिसि टिभी जडानका लागि आर्थिक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । होटेल व्यवसायीसँगको सहकार्यमा सुर्खेत रोड(ग्रीन वेल्ट)मा विरुवा रोपेको उपमहानगरपालिकाले अव सबै खाले बैंकहरुको सहयोगमा फोहर व्यवस्थापनका लागि डस्टविन राख्ने, यातायात पार्किङका लागि मार्किङ, स्थल व्यवस्थापन गर्ने र जनधनको सुरक्षार्थ सम्वेदनशिल स्थानमा सिसी टिभी जडान गर्ने लगायतको तयारी गरेको छ ।

 

नेपालगञ्जस्थित वाणीज्य, विकास वैंक लगायत वैकिङ क्षेत्रका प्रमुख एवं प्रतिनधीले नगरको सुन्दरता, सुरक्षा र सरसफाइमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खीमानन्द अर्यालले जानकारी दिनु भयो । अर्यालका अनुसार बंैकको आर्थिक सहयोगलाई कोषमा जम्मा गरि व्यवस्थित परिचालन गरिने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकासँगको समन्वयममा ट्राफिक व्यवस्थापन र प्रहरी कार्यालयको सहकार्यमा सीसी टिभी जडान गरिने उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले जानकारी दिनु भयो । नगरको समग्र शान्ति, सरुक्षा र सरसफाईमा सबैसँगको हातेमालाकोे पनि उहाँले अपील गर्नु भयो ।

प्रतिक्रिया

प्रतिक्रिया