नेपाली काग्रेसले नेपालगन्जमा विजय जुलुस निकालेको छ ।
बाके क्षेत्र नं. २ मा प्रदेश ख मा नेपाली काग्रेसका उम्मेदवार सुरेन्द्र हमाल विजयी भएका थिए । बाके क्षेत्र नं. २ मा राप्रपाले काग्रेसलाई सघाएको थियो । विजय जुलुसका क्रममा सेतु विक चोकमा आयोजित कोणसभामा बोल्दै प्रदेशसभा सदस्य हमालले एमाले र माओवादी मिल्दा पार्टीले अपेक्षित नतिजा निकाल्न नसकेको बताए । उनले अझैपनि जनताका काग्रेसको पक्षमा रहेको दाबी गर्दै गठबन्धन नभएको भए देशैभरी नेपाली काग्रेस विजयी हुने तर्क गरेका थिए ।
विजयी जुलुसमा नेपाली काग्रेस, राप्रपाका नेता तथा कार्यकर्ता सहभागी थिए । हमालले त्यसक्रममा मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।