‘पठन संस्कृतिको विकासका लागि शैक्षिक महोत्सव’

के का लागि महोत्सव ?
पश्चिम क्षेत्रकै शैक्षिक एवं व्यापारिक ‘हव’का रुपमा परिचित नेपालगन्जमा पहिलो पटक पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना गर्न लागेका छौं । यो महोत्सव अरु भन्दा भिन्न छ । भिन्न यस अर्थकी हामी महोत्सव हेर्न आएका आम दर्शकहरुलाई मनोरन्जन मात्र गराउँदैनौं शैक्षिक जागरणको सन्देश पनि दिन्छौं ।
शिक्षासंग जोडिएका अत्यन्त महत्वपुर्ण कार्यक्रमहरु दैनिक आयोजना गर्छौ । शैक्षिक गतिबिधिमा बाँके जिल्लाले निर्वाह गरेको भूमिका एवं शिक्षाप्रतिको आमनागरिकको प्रेरणाले यो महोत्सव आयोजना गर्न यस जिल्ला शाखालाई प्रोत्साहन मिलेको छ । यो शैक्षिक महोत्सव बाँकेमा मात्र नभई यस आसपासका जिल्लासँगै पश्चिम नेपालमा ‘पढांै र पढाऔ’ संस्कृतिको विकास गराई सभ्य एवं शालिन समाजको निर्माण अभियानमा कोशे ढुङ्गा सावित हुनेछ भन्ने हामीले आशाका साथ आयोजना गरिरहेका छौं । हेर्नुस् वास्तवमा हामी पठन संस्कृतिको विकास गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।

 

यसका विशेषता ?
अरु महोत्सव भन्दा निश्चिय पनि यो आयोजना फरक छ । पहिलो कुरा त हामी बिशुद्ध नाफारहित उद्देश्यले महोत्सव गर्दैछौं । शिक्षाको समुचित विकास विना स्वच्छ समाज, समुदाय र राष्ट्रको परिकल्पना गर्न सकिदैन तथा शिक्षाको विकास पठन संस्कृतिको विस्तार र विकास विना सम्भव छैन । डिजिटल मिडियाको आक्रामक विस्तारका कारण प्रिन्ट मिडिया ओझेलमा पर्दै गएको छ । डिजिटल मिडिया चपेटामा परेर पुस्तक पठन संस्कृति जोगाउनु तथा आम सर्वसाधारणमा पठन संस्कृतिको विकास गर्नु आजको चुनौतीको विषय बनेको छ । सोही चुनौतीलाई स्वीकार गर्दै शैक्षिक महोत्सव – २०७४ को आयोजना गर्न लागेका हांै ।
पुस्तक तथा स्टेशनरीजन्य वस्तुहरुको प्रदर्शनी एव खरिद विक्रि गर्नु मात्र नभई पठन संस्कृति जोगाउनु तथा सर्वसाधारणमा पठन संस्कृतिको विकास गर्नु, सर्वसाधारणमा स्वःअध्ययन गर्ने परिपार्टीको विकासमा भुमिका खेल्नु समेत यस महोत्सवको महत्व रहने छ । राष्ट्रिय र स्थानीयस्तरमा शिक्षा र साहित्यक्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनु भएका आदरणीय व्यक्तिहरुलाई रथारोहण सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।
देशमा बिद्यमान शैक्षिक सामाग्रीको परनिर्भरता घटाउन सहयोग पु¥याउने उद्योगीहरुलाई सम्मान गरिने छ ।

 

यसो हो भने महोत्सवको खास लक्ष्य के हो ?
नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने योजना बनाइएको छ । यहाँ पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायिक संस्थाको रुपमा महासंघलाई स्थापित गर्ने लक्ष्य लिएका छौं । यसका साथै व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रवद्र्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने, प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गरी विद्यार्थीहरुलाई पुस्तक पठ्ने वातावरणमा उर्जा थप्ने र प्रदेशक नम्बर ५,६ र ७ को शैक्षिक केन्द्र नेपालगन्जलाई शैक्षिक हबको रुपमा विस्तार गर्न पहल गर्ने लक्ष्य राखेका छौं । त्यसका लागि दुई लाख दर्शकलाई सो महोत्सवमा प्रत्यक्ष अवलोकन गराउने गरि आयोजनाको तयारीमा जुटेका छौं ।

 

महोत्सवको आर्कषण चाहिं के हो ?
‘आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४’ मा १ सय ५० भन्दा बढी स्टलहरु रहनेछन् । जसमध्ये ५० प्रतिशत भन्दा बढि स्टलहरुमा बिभिन्न बिधाका पुस्तकहरु रहनेछन् । बांकी स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु, महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिनेछ ।

 

अहिलेसम्म यसखालको महोत्सव गर्न किन सकिएन ?
यसखालको महोत्सव २०६४ सालदेखि बुटवलबाट सुरु भएको हो । यो महोत्सव बांके जिल्लामा पहिलो पटक आयोजना हुदैछ । ‘घरघरमा शिक्षा हाम्रो अभियान शिक्षित समाज सबैको सम्मान’ भन्ने उदेश्यका साथ नेपाल पुस्तक व्यबसायी महासंघको संरक्षकत्वमा जिल्ला शाखा बाँकेद्वारा महोत्सव आयोजना गरिदंैछ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ देशभरका करिब दश हजार व्यवसायीको साझा संगठन हो । स्थापनाकाल देखि नै व्यवसायीको दक्षता र क्षमता अभिबृद्धि गराई पुस्तक व्यवसायलाई प्रबद्र्धन गर्दै सामाजिक दायित्वबोध गराउन सक्षम बनाउनु महोत्सवको लक्ष्य हो भने पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँगको सहकार्यमा सामाजिक रुपान्तरणका अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्नु अर्को लक्ष्य हो ।
सोही लक्ष्य अनुसार महासंघले ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मुल नाराका ‘साथ २०६४ साल देखि राष्ट्रिय शैक्षिक महोत्सवको आयोजना गर्दै पठन संस्कृतिको अभियानमा लाग्ने सर्जक, पाठक, उत्पादक, वितरक लगायत सम्बद्ध सबै पक्षलाई एकै ठाउँमा भेला गराई समसामयिक विषयवस्तुहरुमा बहस चलाउदै शिक्षा र चेतनाका अभियानमा खट्ने सबैको प्रतिनिधित्व गराउदै सम्मान गर्दै आइरहेको छ ।

 

तयारी कहाँ पुगेको छ ?
तयारी अन्तिममा पुगेको छ । यसको औपचारिक जानकारी दिन हामी मंगलवार पत्रकार सम्मेलन पनि गर्दैछौं । सोमवारमात्रै सरकारी तथा गैरसरकारी निकायका अधिकारीसँग औपचारिक छलफल पनि गरियो, लायन्स क्लबका साथीहरु सँग पनि छलफल गरियो । तयारी सबै ढंगले राम्रो सँग भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया