नेपालगन्ज/सरला सुवेदी
आरती पौडेल बाके बाके क्षेत्र नं. २ (ख)बाट नवनिर्वाचित प्रदेशसभा सदस्य हुन् । नेकपा एमालेको बाके जिल्ला सल्लाहकार सदस्य, अखिल नेपाल किसान महासघको राष्ट्रिय समिति सदस्य, अखिल नेपाल महिला संघ प्रदेश नम्बर ५ को सदस्यका रुपमा राजनीतिमा क्रियाशिल पौडेलले आइतबार निर्वाचित भएलगत्तै आफुले मतदातासग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाइन् ।
बुवा बाबुराम पौडेल र आमा जानकी पौडेलको कोखबाट २०२७ सालमा जन्मेकी पौडेल विद्यार्थी जीवन देखि नै राजनीतिक रुपमा सक्रिय भएको बताउछिन् । विद्यार्थी जीवनमै २०४१ सालमा अनेरा–स्ववियुमा आबद्ध भएकी पौडेल २०४५ सालमा वैवाहिक जीवनमा बाधिएकी हुन् । २०४८ सालमा बा“के जिल्लामा आएर अनेमसंघको रझेना गाउँ कमिटिको सचिव भएकी पौडेलले २०५१ सालमा अनेमसंघको इलाका सचिव हुदै २०६० सालमा अनेमसंघ बा“केको नेतृत्व सम्हाल्न पुगिन् ।
आरती अवसर पाएमा राजनीतिमा महिला पुरुष भन्दा कम नहुने विचार राख्छिन् । उनी भन्छिन्, ‘पार्टीले महिलालाई अवसर सुम्पने हो भने महिला पनि सफल राजनीतिक गर्न सक्छन् ।’ तर, त्यसका लागि महिला स्वयं पनि राजनीतिक नेतृत्व तहमा पुग्न अग्रसर हुनुपर्ने धारणा पौडेलको छ ।
पौडेल विद्यालय जीवन देखि नै बाबु आमाको प्रेरणाले राजनीति तर्फ चासो राख्ने गरेको बताउछिन् । महिलाका लागि नेतृत्व तहमा पुग्ने अवसर प्राप्त गर्न धेरै संघर्ष गर्नुपर्ने धारणा राख्दै नेतृ पौडेल भन्छिन्, ‘दल र परिवारबाट सहयोग हुने हो भने सहज हुन्छ ।’ महिला स्वयंमले चासो नदेखाउनु, पार्टीमा पुरुषवादी सोच कायमै रहनुले पनि महिला पछाडी परेको बताउदै पौडेल विजयी भएपछि महिला सशक्तिकरणका लागि आफुले कदम चाल्ने बताउछिन् । उनले आफ्नो क्षेत्रको विकास र महिला सशक्तिकरणलाई आफुले प्राथमिकता दिने बताइन् । राजनीतिमा महिला सहभागिता र सक्रियता बढाउन चेतना आवश्यक रहेको बताउदै पौडेल भन्छिन्, ‘त्यसका लागि मैले सक्ने पहल गर्नेछु ।’
उनले विजयसगै दैनिक नेपालगन्जसग कुरा गर्दै महिलाका मुद्दा, विकास र शैक्षिक क्षेत्रका मुद्दालाई विशेष योजनामा राखेर अघि बढ्ने बताइन् ।