बाँके क्षेत्र नं. ३ ख मा बाबुराम गौतम विजयी

बाँके क्षेत्र नं. ३ खमा बाबुराम गौतम विजयी भएका छन् ।

वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार गौतमले ११ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मीनारायण शाहले ७ हजार ५ सय ९२ नब्बे मत प्राप्त गरेका छन् ।

त्यस्तै वाम गठबन्धनबाट बाँके क्षेत्र नं. १ (ख) की प्रदेश सभा उम्मेदवार आरती पौडेल पनि अग्रस्थानमा रहेकी छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. ३ का वामगठबन्धनका उम्मेदवार पनि ठूलो मतान्तरले विजय तिर लम्किरहेका छन् । उम्मेदवार नन्दलाल रोकायले 31 हजार 5 सय 93 मत प्राप्त गरेका छन् । त्यहाँ कांग्रेसका उम्मेदवार बादशाह कुर्मी 26 हजार 6 सय 17 मतका साथ रोकायलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया