बाकेको इ गाउमा दुई फरक राजनीतिक दल बीच विवाद बढ्दै जादा तनावको स्थिति सिर्जना भएको छ ।
लोकतान्त्रिक गठबन्धनको तीन/चार वटा गाडी इगाउ पसेपछि मौन अवधीमा पैसा बाड्न आएको भन्दै वाम गठबन्धनका कार्यकर्ता अवरोध सिर्जना गरेपछि तनावको अवस्था सिर्जना भएको हो । प्रहरी स्थितिलाई नियन्त्रणमा लिन खोजेपनि अझै साम्य हुन नसकेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
‘मौन अवधीमा पैसा बाड्ने चलखेल हुदैछ भन्ने सूचनाका आधारमा हामी चनाखो भएका थियौं’, वाम गठबन्धनका एक कार्यकर्ताले भने । लोकतान्त्रिक गठबन्धनको गाडी वाम गठबन्धन समर्थकले गाउबाट फिर्ता पठाएका थिए । सशस्त्र र जनपद प्रहरीका दुई गाडी उक्त विवाद साम्य गर्न पुगेको थियो ।
अहिले इ गाउका बासिन्दा जम्मा भएर छलफल गरिरहेका छन् । विवाद भने साम्य भएको स्थानीयबासीले बताएका छन् ।
2074-8-20