राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष विजय कुमार गुप्ताले नेपालगन्ज एउटा स्वप्निल सहर (ड्रिम सिटी) भएको बताएका छन् । बाके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएपछि पहिलो पटक पत्रकारहरुसग भेटघाट गर्दै गुप्ताले भने, ‘नेपालगन्ज मेरो सपनाको एउटा यस्तो सहर हो जुन मुलुककै उत्कृष्ट बन्न सक्छ ।’
नेपालगन्जका पूर्व नगर प्रमुख समेत रहेका गुप्ताले आफुले अघि सारेका विभिन्न विकासका पूर्वाधार र तत्कालीन योजनाहरु सम्झदै भने, ‘ड्रिम सिटीका लागि म नगर प्रमुख हुदा केही इट्टा राखिसकेको छु ।’ नेपालगन्जको न्यूरोड, एकलैनी बिस्तार योजना लगायतका तत्कालीन कामहरु सम्झदै गुप्ताले भने, ‘नेपालगन्जलाई पुरानै गौरव सहितको आधुनिकीकरणमा लैजान ढिलो भयो ।’
प्रादेशिक राजधानी नेपालगन्ज लाई बनाउन आफ्नो पार्टीको एजेण्डा नै भएको दाबी गर्दै उपाध्यक्ष गुप्ताले भने, ‘सीमांकनलाई पुनर्संरचना गरिनु पर्छ ।’ त्यसका लागि ‘सामाजिक आर्थिक र राजनीतिक रुपले वञ्चितीकरणमा परेका जनतालाई देखिने गरी परिवर्तनको अनुभूति गर्न सीमांकनको पुनर्संरचना गरिनुपर्ने’ तर्कगरेका गुप्ताले भने, ‘नेपालगन्ज प्रदेश नं. ५ को राजधानीका लागि सिफारिसमा सम्म नपर्नु सबैको लागि लज्जाको विषय हो ।’
गुप्ताले नेपालगन्जको मान र सम्मानका लागि पनि प्रदेश राजधानीको मुद्दा बिर्सन नहुने भन्दै आफु त्यसमा प्रष्ट अडानका साथ उत्रिएको बताए । ‘सम्पूर्ण समुदायलाई जोडेर एकताबद्ध बनाएर यो एजेण्डामा नेतृत्व गर्न सक्ने व्यक्तित्व म मात्र हु“’, आफ्नो उम्मेदवारी बारे तर्क राख्दै वरिष्ठ अधिवक्ता समेत रहेका गुप्ताले भने, ‘म बाकेबासीको वकिल भएर संसदमा न्याय माग्न जान्छु ।’ उनले विभिन्न विकासका एजेण्डा राख्दै नेपालगन्जको सुन्दरताले समृद्धि निम्त्याउने बताए । ‘त्यसका लागि नेपालगन्जलाई सुन्दर बनाउन जरुरी छ’, गुप्ताले आफु विजयी भएर गए ५ बर्षभित्रै ५ वटा न्यूरोड निर्माण गर्ने घोषणा गर्दै भने । ‘नेपालगन्ज विमानस्थललाई दुई किलोमिटर रनवे बिस्तार गरी अन्तर्राष्ट्रिय स्तरका उडान सुरु गर्छु’, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नेपालगन्जमा बनाउने निकै बर्ष पहिलेको अध्ययन प्रतिवेदन बोलेको तथ्य उजागर गर्दै गुप्ताले भने ।
राजधानीलाई व्यापारिकरण हुनबाट रोक्न पनि उनले अपिल गरे । ‘लोकतान्त्रिक प्रक्रिया नै स्वच्छ बनाइनु पर्छ’, बा“के क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार फैसल अन्सारी, प्रदेश सभाका देबेन्द्रनाथ शुक्ला, राजेश बर्मा, आशिष गुप्ता, समानुपातिक उम्मेदवार सत्यवती कुर्मी, अब्दुल कादिर शेष सहित पत्रकार माझ प्रस्तुत भएका गुप्ताले भने । पत्रकार माझ गुप्ता प्रस्तुत हु“दा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता पनि सहभागी थिए ।