नेपालगन्ज । प्रतिनिधी सभा तथा प्रदेश सभाको पहिलो चरणको मतदान शान्तिपुर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
३२ जिल्लाका कुल ३७ प्रतिनिधी सभा क्षेत्र र ७४ प्रदेश सभा क्षेत्रका लागि भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा वढि मत खसेको निर्वाचन आयोगले बताएको छ । उसका अनुसार बाजुरामा सवैभन्दा धेरै ८० प्रतिशत मतदान भएको छ ।
रुकुमको २ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको वडा नं. ५ को रत्न मावि क र सोहि जिल्लाको आठबीसकोट को गत्तसैना ख मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
सोलुखुम्वुको नेचासल्यान गाउँपालिकाको तिंगलाका बासिन्दाले मतदान वहिस्कार गरेका छन् । तिंगलामा २ हजार ५ सय भन्दा बढि मतदाता रहेका छन् ।
हुम्लाको मेखलामा पनि जम्मा ५ मत मात्र खसेको छ । एमालेका स्थानीय नेताले आफ्नो प्रभाव देखाउनका लागि मतदान प्रक्रियामा सहभागी नहुन मतदातालाई आहवान गरेका कारण मतदान प्रभावित भएको निर्वाचन आयोगले जनाएको छ ।
हिमाललाई छोएका जिल्लाहरुमा सम्पन्न भएको मतदानको मतगणना दोश्रो चरणको निर्वाचन पछि हुने निर्वाचन आयोगले बताएको छ ।
मतपेटिकाहरु मतगणना स्थलतर्फ ल्याउने प्रक्रिया शुरु भएको छ ।