विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन नजिकिंदै जाँद बम विष्फोटनका घटना बढ्न थालेपछि बाँके प्रहरीले सतर्कता अपनाउँदै निर्वाचनको विरोध गरिरहेको विप्लवका कार्यकर्तामाथि निगरानी बढाइरहेको छ ।
प्रहरीले चुन्नी खान सहित दुई जनालाई बाँकेको खजुराबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।