गुप्तांगमा लुकाएर लागु औषध तस्करी

गुप्तांगमा लुकाएर ल्याएको लागु औषध प्रहरीले बरामद गरेको छ । भारतबाट कट्टु भित्र लुकाएर ल्याएको लागु औषध जमुनाह प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

 
राप्तीसोनारी गाउँपालिका २ का दिलिप रोकालाई प्रहरीले कट्टु भित्र कागजमा बेरेर ल्याएको अवस्थामा नौ सय मिमिग्राम धुलो, नाइटूाभेट ट्याबलेट ३० वटा सहित पक्राउ गरेको हो । प्रहरीले रोकाबाट फेला परेको धुलो ब्राउनसुगर भएको आशंका गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेले रोकालाई नियन्त्रणमा राखीथप अनुसन्धान अघि बढाएको छ ।
बाके प्रहरीले भारतबाट लागु औषध भित्रिन नदिन सीमामा चेकजाच लाई कडा पारेको छ । तस्करहरुले प्रहरी कडाई पछि तस्करीका लागि विभिन्न जुक्ति लगाएपनि प्रहरीले लागुऔषध फेला पार्ने गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया