प्रचारमा बाकेका उम्मेदवार

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका उम्मेदवाहरुले चुनावी अभियान सुरु गरेका छन् । बिहीबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले मतदाता आफ्नो पक्षमा पार्न प्रचार अभियान सुरु गरेका हुन् । निर्वाचन प्रचार प्रचारका लागि प्रचार कार्यालय स्थापना, प्रचारप्रसार सचिवालय, मतदाता भेटघाट, पर्चा, पम्प्लेटिङ्ग लगायतका गतिविधिमा उम्मेदवारहरु सक्रिय हुन थालेका हुन् ।

 

 

गठबन्धन गरेका राजनीतिक दलहरुले संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरेर प्रचार रणनीति बनाउदै प्रचार कार्यमा जुटेका छन् । गठबन्धन गरेको नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार नेपालगन्जमा नेता कार्यकर्ता बीच भेला आयोजना गरेको भेलालाई माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले सम्बोधन गरेका थिए ।

 
सुर्य चिन्ह लिएर बाके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पशुपति दयाल मिश्रले मंगलबार मतदाताहरुसग भेटघाट गरेको बताएका छन् । उनले उपमहानगरपालिका वडा नं. १३ उदयपुरको महापुर्वा र गंगापुर तथा वडा नं. १४ भवनियापुरको कल्लुपुर्वा, गोसाईपुर्वा र उद्धवपुर्वाका मतदाताहरुसंग भेटघाट गरेका हुन् ।

 
मतदातासंग भेटघाटका क्रममा मतदाताहरु वामगठबन्धनलाई मतदान उत्साही रहेको बताउदै उम्मेदवार मिश्रले बामगठबन्धनका तर्फबाट आफुले उम्मेदवारी दिनुको कारणबारे समेत मतदातालाई प्रष्ट पारेको जानकारी दिए ।
मतदाता माझ उनले मधेसीहरुको अधिकारको सुनिश्चितता गर्दै देश विकासको गतिमा तिव्रता ल्याउन वामगठबन्धनबाट उम्मेदवार भएको दावी गर्दै आशंका नगर्न आग्रह गरिरहेका छन् । मिश्रले विकास र अधिकारका लागि आफुहरुले नेकपा एमालेसँग सहकार्य गरेर निर्वाचनमा होमिएकोले निर्वाचनमा आफुलाई मतदान गरि सफल बनाउन मतदाता संग आग्रह गरिरहेका जानकारी दिए ।

 

 

त्यस्तै, एकीकृत राप्रपा राष्ट्रवादीले मंगलबार नेपालगन्ज वडा नं. १४ र १५ मा प्रचार कार्यालय स्थापना गरेको बा“के क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका तेज नारायण कंडेलले जानकारी दिए । भवानीयापुर र पिप्रहवामा प्रचार कार्यालय स्थापनाका क्रममा पार्टीका सहायक महामन्त्री कौशल आचार्य, जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेल, चुनाव प्रचारप्रसार समितिका संयोजक बल बहादुर ओली, पूर्व सांसद गिता सिंह, क्षेत्र नं. २ प्रदेश सभा ख का उम्मेदवार हरदेववक्स चौधरी लगायतको उपस्थिति रहेको थियो । क्षेत्र नं. २ का उम्मेदवार कंडेलले प्रचार अभियानलाई तिव्रता दिंदै मतदाताको घरदैलोमा पुगेको बताएका छन् ।

 

 

नेपाली का“ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बाके क्षेत्र नं. ३ खजुरा खुर्दमा निर्वाचन प्रचार कार्यालय स्थापना गरेको छ । प्रतिनिधि सभा उम्मेदवार बादशाह कुर्मी, प्रदेश उम्मेदवार लक्ष्मीनारायण शाह, समानुपातिक उम्मेदवार आशा विक र हिरालाल लोनियाले कार्यालय उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया