ज्ञानेन्द्रको प्रतिक्रिया पछि जागे राजावादी

पूर्व राजा ज्ञानेन्द्र पछिल्लो पटक दिएको अभिव्यक्ति पछि नेपालगन्ज राजावादीहरु जागेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले पछिल्लो पटक सञ्चारमाध्यम स“ग कुरा गर्दा मुलुक नेतृत्वविहीन भएको प्रतिक्रिया दिएका थिए । उनले त्यसक्रममा आफु मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका थिए । राजाको उक्त प्रतिक्रियाका कारण देशभर राजा समर्थितहरुमा एउटा तरंग नै सिर्जना गरेको छ ।

 

त्यसैक्रममा नेपालगन्जमा पनि पूर्व राजाको समर्थमा सोमबार सा“झ र्याली निकालिएको छ । स्व. राजा विरेन्द्र विक्रम शाह देव सरकारको शालिक पुनः स्थापना समिति बा“केको ब्यानरमा सेतु विक चोकबाट निस्केको र्याली धम्बोझी चोकसम्म पुगेको थियो । र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए । धम्बोझी चोक पुगेर र्याली समापन भएको थियो ।

 

समापनमा वक्ताहरुले देशलाई अहिले पुनः राजाको आवश्यकता रहेको औंल्याएका थिए ।
समितिले गतबर्ष राजाको शालिक धम्बोझी चोकमा पुनस्थापना गरेपछि २४ घण्टा नबित्दै प्रहरीले हटाएको थियो ।
त्यस्तै, राष्ट्रिय शिव सेना पार्टीले मंगलबार विज्ञप्ति प्रकाशित गरी पूर्व राजाको भनाइलाई समर्थन गर्दै राजसंस्था अपरिहार्य भएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया