नेपालगन्ज–खजुरा सडकखण्डमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् ।
बस र ट्रक एक आपसमा जुध्दा दुर्घटना भएको हो । नेपालगन्जबाट खजुरातर्फ गइरहेको ना ४ ख १०९४ नम्बरकोे बस र मानखोलाबाट नेपालगन्ज तर्फ आउदै गरेको ना २ ख ९३६० नम्बरको ट्रक आइतबार राती एक आपसमा ठोक्किएका
थिए ।
घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार जारी छ । घाइते मध्ये १३ जना भने उपचार पछि सामान्य अवस्थामा फर्कदै छन् । ट्रक दुर्गा बिसर्जन गरेर फर्किएको थियो ।
[2074-06-15]