तीन महिने अल्टिमेटमको एक महिना बाकी

नेपालगन्जको मुख्य बजार क्षेत्र सदरलाइन सडक बिस्तारका लागि समयमै घर भत्काउन नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले मंगलबार घरदैलोमा पुगेर आग्रह गरेका छन् ।

 

आवश्यक सडक क्षेत्रफल खाली गर्न दिइएको अल्टिमेटम सकिन एक महिना बाकी छदा जिल्लाका सुरक्षा अधिकारीहरु सहित जनप्रतिनिधिहरुले घरधनीहरुलाई उनीहरुकै घरदैलोमै पुगेर सडक बिस्तार र विकासमा सघाउन आग्रह गरेका हुन् । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, एसएसपी महेश विक्रम शाह, एसपी टेक बहादुर तामाङ्ग लगायतसग सहयोग मागेका थिए ।

 

 

नगर प्रमुखको पदभार सम्हाले लगत्तै डा. राणाले तीन महिना भित्र सडक बिस्तारका लागि आवश्यक पर्ने क्षेत्र खाली गर्न अल्टिमेटम दिएका थिए । सहज ढंगले अधिकांसले सडक क्षेत्रका लागि संरचना हटाउने अग्रसरता देखाएपनि कतिपयले अटेरी गरेपछि नगर प्रमुख राणा सर्वपक्षीय टोली सहित घरदैलोमा पुगेका हुन् ।

 
‘तिहार लगत्तै सडक निर्माणको कामलाई तिव्रता दिनुपर्नेछ’, नगर प्रमुख राणाले दैनिक नेपालगन्जसग भने, ‘संरचना भत्काएर सहयोग गर्ने जनतालाई धन्यवाद दिन र नभत्काउनेहरुसग समस्या बुझ्न घरदैलोमै पुगेको हु ।’ डा. राणाले सबै जनता सडक बिस्तारमा सकारात्मक पाइएको जानकारी दिंदै भने, ‘हामीलाई विश्वास छ निर्धारित समय भित्रै सडक क्षेत्र खाली हुन्छ र समयमै निर्माण कार्य अगाडी बढ्छ ।’

 
नगर प्रमुख डा. राणाको नेतृत्वमा उपप्रमुख उमा थापामगर, प्रजिअ केसी लगायतका सुरक्षा अधिकारीहरु, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य घरधनीसग सामूहिक भेटघाटमा पुगेका थिए । ‘सडकलाई आवश्यक पर्ने क्षेत्रफलका ९० प्रतिशत संरचना दशैं लगत्तै भत्किने प्रतिबद्धता प्राप्त भएको छ’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसग भने, ‘त्यसका लागि संघले निरन्तर सहजीकरण गरिरहेको छ ।’
एशियाली बिकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास परियोजनाले सदरलाइन विस्तार गर्र्ने अन्तिम तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया