राप्तीसोनारीमा युवकको हत्या

राप्तीसोनारी–१ कुसुम क्षेत्रमा एक युवकको शनिबार राती हत्या भएको छ । राजमार्गदेखि झण्डै ७ सय मिटर दक्षिण तर्फ खोला किनारमा अन्दाजी २७ बर्षको युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

 
‘घटनाको सूचना पाउनासाथ एरियामा कर्डन एण्ड सर्च थालिएको छ’, इप्रका कोहलपुरका इन्चार्ज डिएसपी यज्ञ भट्टराईले दैनिक नेपालगन्ज स“ग भने, ‘मृतकको सनाखत हुन सकेका छैन ।’

 
घटनास्थल देखि ५ सय मिटर मकैबारीमा रा १ प ४९२५ नम्बरको पहेलो अपाचे मोटरसाइकल लुकाइएको अवस्थामा फेला परेको छ । घटनाको अनुसन्धानका लागि बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्ग समेत मध्यरातमा घटना स्थल पुगेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया