स्वास्थ्यको पुरै जिम्मेवारी स्थानीय तहमा

स्थानीय सरकारलाई प्रभावकारी र अधिकार सम्पन्न बनाउन संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्यको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

 
शनिबार औपचारिक कार्यक्रम बीच बाकेका सबै स्वास्थ्य कार्यालयहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । ‘यसले जनताको स्वास्थ्य सेवा थप प्रभावकारी हुन्छ’, खजुरा गाउ“पालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्ज स“ग भने, ‘किनकी कर्मचारीको तुलनामा जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जिम्मेवारी हुनुपर्छ ।’
स्थानीय तहको निर्बाचन पछि संघीयताको कार्यान्वयन गर्ने क्रममा बाँकेका स्वास्थ्य संस्थाहरु हस्तान्तरण गरिएको हो । स्थानीय तहमा स्वास्थ्य कार्यालयहरु हस्तान्तरण गरिएपछि नीति नबनुन्जेल जिल्ला जनस्वास्थ्य कार्यालय समन्वयको भूमिका मात्र रहनेछ ।

 
जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका सबै स्वास्थ्य संस्थाहरु स्थानीय तहलाइ हस्तान्तरण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका सचिब डा. किरण रेग्मीले स्थानीय तहका प्रमुखलाई फाइल हस्तान्तरण गर्दै सम्पूर्ण जिम्मेवारी दिइएको बताए । स्वास्थ्य मन्त्रालयका संघीयता कार्यान्वयन इकाईका प्रमुख मोहम्मद दाउदले बाँकेबाटै स्वास्थ्य कार्यालय हस्तान्तरणको काम सुरु गरिएको बताए । सरकारको नीति निर्देशन अनुसार स्वास्थ्य मन्त्रालय पनि ३ तहमा बिभाजन हुने उनको भनाइ थियो ।

 
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशी, चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठ लगायत सहभागी थिए । स्थानीय तहका तर्फबाट खजुरा गाउ“पालिका प्रमुख किस्मत कुमार कक्षपति र नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया