बसपार्क होस् वा बस स्टेण्ड यातायात साधनका कर्मचारीहरु यात्रुलाई तानातान गरेको देख्न सकिन्छ । त्यसक्रममा यात्रुलाई असहज हुने, सवारी साधनका कर्मचारी बीच नै झै–झगडा समेत हुने गर्दछ । जिल्ला प्रहरी कार्यालय बा“केले यस्ता घटना नियन्त्रणमा लिन निगरानी बढाएको छ ।
प्रहरीले मंगलबार र बुधबार यात्रु तानातान गर्ने ९ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बा“कले मंगलबार दुई जना सवारी साधनका कर्मचारीलाई यात्रु तानातान गरेको, यात्रुको सामान अलपत्र पारेको
भन्दै नियन्त्रणमा लिई यातायात व्यवसायीको रोहवरमा छाडेको थियो । तर, बुधबार पनि त्यस्तै घटना दोहोरिएपछि प्रहरीले थप ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यात्रु वाहक बस, म्याजिक भ्यान, हाईस, वीङगर, नगरबसमा चढ्ने यात्रुहरुलाई तानातान गरि अलपत्र पार्ने, यात्रुहरुको सामान अलपत्र पार्ने कार्य विरुद्ध प्रहरीले आफ्ना गतिविधि अघि बढाएको प्रहरी जनाएको छ ।