चितुवाको छाला सहित दुई पक्राउ

बर्दियाको सदरमुकाम गुलरियाको एक होटलबाट चितुवाको छाला किनबेच भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो नेपालगन्जको टोलीले बर्दियाको गुलरियामा रहेको विजया गेष्ठ हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ९ निवासी ६३ वर्षीय नरबहादुर शाही र बाँसगढी नगरपालिका १ निवासी ५२ वर्षीय जीतबहादुर देवकोटा रहेका छन । उनीहरुलाई १ थान चितुवाको छाला बेचविखन गर्न राखिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

 

१० लाख रुपैयामा छाला किनबेच भइरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । १ फिट १० इन्च चौडा र ९ फिट लम्बाई भएको छाला बैतडीबाट चिसापानी, भोडीगाउँ हुँदै बर्दियाको गुलरिया ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ । छाला सहित पक्राउ परेका उनिहरुलाई जिल्ला वन कार्यालय बर्दियामा बुझाइने उपरीक्षक भट्टराइले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया