बैंक एक वित्तीय संस्था हो । जहाँ जनताको रुपैया जम्मा गरिने र जनतालाई ऋण दिने गरिन्छ । आफ्नो रुपैयाको उचित सुरक्षा र बैंकवाट ब्याज प्राप्त गर्न रुपैया जम्मा गरिने गरिन्छ । तर पछिल्लो समयमा बैंकले जम्मा हुने र निकासी हुने सम्पूर्ण रकम बारे अध्ययन बढाएको छ ।
रुपैया जम्मा गर्दा जमाकर्ताको विवरणलाई खासै वास्ता नगर्ने बैंकले अब खातावाला र रकम जम्मा गर्ने ब्यक्तिको पनि विवरण राख्ने थालेको छ । बैंकमा पुग्ने सेवाग्राहीले रुपैया जम्मा गर्दा आफ्नो ब्यक्तिगत विवरण प्रष्ट हुने खालको परिचयपत्र पेश गर्ने प्रक्रिया माथि प्रभावकारिता बढेको पाइएको छ ।
राष्ट्र बैंकले सम्पत्ती सुद्धिकरण(मनी लाउण्डरिंग) निवारण ऐन २०६४ को दफा ४४ग को उपदफा १ को प्रायोजनको लागि प्रचलित कर ऐनले अन्यथा ब्यवस्था गरेकोमा बैंकमा अहिले एक लाख रुपैया वा सो भन्दा बढि रकम जम्मा गर्ने वित्तिकै त्यसका विवरणहरु संकलन गर्ने काम अघि बढेको हो ।
खाता मार्फत भइरहेको कारोबार र त्यसमा अप्रत्यासित घटी बढि हुने सम्भावना देखा परेमा सामान्य रकम जम्मा गर्दा पनि बैंकले कारोबारकर्ता र जम्माकर्ताको ब्यक्तिगत विवरण राख्न सक्छ, नेपाल राष्ट्र बैंक नेपालगन्जका गुरु प्रसाद पौडेलले दैनिक नेपालगन्ज संग भने ।
मुद्रा नियन्त्रण निगरानी बारे विभिन्न कानून र नियमहरु छन्, दैनिक नेपालगन्ज संग कुरा गर्दै निर्देशक पौडेलले भने, कालो धनलाई बैंक मार्फत सेतो बनाउने विषयलाई निगरानी र कसैको खाता मार्फत अप्रत्यासित कारोबार भएमा त्यस्तो अवस्थालाई बैंकले स्वतः निगारानी राख्छ ।
एक साता अघि सम्म कतिपय बैंकले एक हजार रुपैया सम्म दाखिला गर्दा पनि जमाकर्ताको विवरण राख्ने गरेको विषयलाई बढाएर एक लाख रुपैयाको मापदण्ड राखिएको निर्देशक पौडेलले बताए । सरकारले गरेको विदेशमा गरेको विभिन्न सम्झौताहरुलाई कार्यान्वयन गर्ने गरेको बताउँदै पौडेलले, यहाँ भएको कानून बमोजिम बाहेक सन्धी र सम्झौताहरु अनुसारका ब्यवस्थाहरु पनि मुद्रामा लागु भइरहेका छन् ।