बैंकिङ्ग सेवा झन्झटिलो भएको व्यवसायीको गुनासो

नेपालगन्जका व्यवसायीहरुले बैंकिङ्ग कारोबार झन्झटिलो बन्दै गएको गुनासो गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको बैंकिङ्ग समस्या तथा निराकरण विषयक छलफल कार्यक्रममा व्यवसायीहरुले बैंकिङ्ग सेवा झन्झटिलो बन्दै गएको बताएका हुन् ।

 
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाद प्रसाईले भारतस“ग व्यवसायिक कारोबार बढी हुने भएपनि भारतीय मुद्राकै समस्या बढी रहेको बताएका थिए । ‘भारतीय मुद्राको समस्या समाधान अझै हुनसकेको छैन’, उनले भने, ‘भारतबाट सामान आयात गर्दा यातायात भाडा दिन समेत भारतीय रुपैया“ अभाव हुने गरेको छ ।’, पूर्व अध्यक्ष प्रसाईले भारतीय मुद्राको अभावले बैंकिङ्ग प्रणालीबाट कारोबार नगर्ने साना व्यवसायी मर्कामा पर्ने परिरहेको बताए ।

 
‘औषधी उपचारका लागि जानु पर्यो भने पहिला भारतीय मुद्रा खोज्नु पर्छ’, पूर्व अध्यक्ष प्रसाईले आफुस“ग नेपाली पैसा हुदाहुदै पनि अति आवश्यक पर्दा पनि भारतीय रुपैया जुटाउन गाह्रो हुने गरेको धारणा राखे । राष्ट्र बैंकको निर्देशनका कारण १० लाख रुपैया बैंकमा पैसा जम्मा गर्दा समेत परिचय खुल्ने प्रमाणपत्र दिनु पर्ने व्यवस्थाले समेत असहज हुने गरेको पूर्व अध्यक्ष प्रसाईले बताए । ‘एकान्टपेयी, क्लिरियङ्ग सिष्टम राम्रो हो’, प्रसाईले भने, ‘तर त्यसमा लाग्ने समयले भने व्यवसायीलाई असहज भने हुन्छ ।’

 
कार्यक्रममा संघका वरिष्ठ सदस्य बसन्त लामिछानेले बैंकहरुले ऋणिलाई थाहै नदिई ब्याजदर बढाउने गरेको बताएका थिए । पूर्व अध्यक्ष प्रसाईले बैंकहरुले ब्याजदर घटाउनु परे अनाकानी गर्दै ढिलो गर्ने गरेको आरोप समेत लगाएका थिए । ‘बचत र ऋणमा एकैसाथ ब्याजदर घटबढ हुनुपर्छ’, उनले भने ।

 


कार्यक्रममा व्यवसायीहरुले बैंकिङ्ग प्रणाली मार्फत भारतबाट पैसा आउदा ३\४ दिन लाग्ने गरेको उल्लेख गर्दै यसले व्यवसायीलाई समस्यामा पार्दै आएको गुनासो पनि गरेका थिए । उद्योगपति कन्हैयालाल वैद्यले भारतमा जिएसटी लागु भएपछि त्यसले पार्ने प्रभावका बारेमा नेपालले कुनै अनुसन्धान नगरेको बताए । उनले भारतको जिएसटीले नेपालको व्यवसायिक क्षेत्रलाई कस्ता प्रभाव पार्छ भन्ने अनुगमन नहुदा व्यवसायीहरु अन्योलमा रहेको धारणा राखे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख गुरु प्रसाद पौडेलले व्यवसायीहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । त्यसक्रममा उनले देशको पछिल्लो वित्तिय अवस्थाको बारेमा तथ्यांक समेत प्रस्तुत गरे ।

 

 

राष्ट्र बैंकका नेपालगन्जका प्रमुख पौडेलले बैंकिङ्ग प्रणालीमार्फत भारतमा कारोबार गर्दा कुनै समस्या नरहेको बताएका थिए । उनले तत्कालै, नगद र सानो मात्रामा हुने कारोबारमा भने केही समस्या भएको हुनसक्ने बताए । उपचारका लागि ५० हजार भारतीय रुपैया“ नगद र १ लाखसम्मको ड्राफ तत्काल दिन सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।
‘भारतले गरेको नोटबन्दीका कारण नेपालमा पनि क्षति भएको छ’, भारतीय रुपैया“ नियमन, व्यवस्थापन आवश्यक रहेको बताउ“दै प्रमुख पौडेलले भने । ‘गत आ.व.मा मात्र ४ सय १२ यूएसडी र युरो १२ करोड बिक्री गरी ४ सय ५२ अर्ब बराबरको बराबरको भारतीय मुद्रा खरिद गरिएको थिया’, तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘त्यसअघिल्लो आ.व.मा ३ सय ८६ अर्ब बराबरको भारु खरिद भएको थियो ।’

‘बैंकमा पैसा राख्दा र झिक्दा परिचय पत्र अनिवार्य हुनु बचतकर्ताकै सुरक्षा र आधिकारिकताको लागि हो’, प्रमुख पौडेलले भने, ‘सरकारले ऐन ल्याएकाले सबैले त्यसलाई पालन गर्नुपर्छ ।’ उनले उक्त व्यवस्थाबाट गलत तरिकाबाट देशमा भित्रिने र गतल कार्यमा प्रयोग हुने कार्य नियन्त्रणमा आउने बताएका थिए । प्रमुख पौडेलले बैकिङ्ग सेवा लिंदा कुनै समस्या भए
राष्ट्र बैंकमा सम्पर्क गर्न सुझाव दिंदै बैंकले आवश्यक कदम चाल्न छुट्टै व्यवस्था रहेको जानकारी दिएका थिए ।
संघ अध्यक्ष नन्दलाल वैश्यले व्यवसायीहरुले बैंकिङ्ग सेवा लिदा समस्या परेको बताएपछि राष्ट्र बैंक प्रमुख, पालगन्जमा रहेका बैंकका प्रतिनिधि तथा व्यवसायीहरुको बीचमा छलफल कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले संघले व्यवसायीहरुका समस्या समाधानका लागि अन्तरक्रिया, छलफल लगायतका कार्यक्रम निरन्तर जारी राख्ने बताए ।
संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अजय टण्डनले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया