बाढीले बेहाल बाके, बर्दिया

शुक्रबार देखि परेको अविरल बर्षाका कारण तराई–मधेसको जनजीवन अस्तव्यस्त भएको छ । त्यसक्रममा बाके र बर्दियाका नदीहरुमा उच्च बहाव आउदा तटीय बस्तीहरु डुबानमा परेका छन् ।

 

बाकेमा राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको
छ । बाढीले कमिलाल थारुको घर भत्कँदा १२ वर्षिया अञ्जु थारु, ९ वर्षिया सरिता थारु र ७ वर्षिया सुस्मिता थारुको ज्यान गएको हो । बाढीका कारण बाकेका विभिन्न बस्तीबाट १ हजार बढी सर्वसाधारण विस्थापित भएका छन् । बाके प्रहरीका अनुसार, १ हजार ८६ जनालाई सुरक्षाकर्मीलाई बाढीको जोखिमबाट उद्दार गरेका हुन् । बाढीले गावर खोला र गढौली नालाको पुल समेत बगाएको छ ।
अगैया नजिक पूर्व पश्चिम राजमार्गमा पुलमा क्षति पुगेको कारण शुक्रबार रातीदेखि नै आवागमन ठप्प छ ।
शनिबार यसबर्षकै उच्च राप्ती नदीको सतह ८.८५ सम्म पुगेको थियो । बाके प्रहरी प्रवक्ता, डिएसपी सरोज पौडेलले मध्यराती पानीको सतह घटेर ३.५ पुगेको जानकारी दिए । उनका अनुसार, जिल्लाका अधिकांस डुबान क्षेत्र खतरामुक्त भैसकेका छन् ।
बाँकेको नरैनापुरमा उद्दारका लागि गएको प्रहरीको डुङ्गा पल्टिएको थियो । डुङ्गा पल्टिदा उद्दारमा गएका प्रहरीहरु पिपलको रुखमाथि चढेर ज्यान बचाएका थिए । उक्त स्थानमा २ सय बढी स्थानीयबासी फसेका थिए । बाढी फसेकाहरुको हेलिकोप्टरबाट समेत उद्दार गरिएको थियो । शुक्रबार बेलुका देखि परेको अबिरल वर्षाका कारण बर्दियाको बबई नदीमा पानीको सतह खतराको संकेत नाघेर बढेको भएपनि पानीको सतह क्रमश घट्दै गएको छ ।
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार, बबई नदिको पानीको सतह मापन केन्द्र चेपाङ्गमा ७ दशमलव ६८ मिटर सम्म पानीको सतह पुगेको थियो ।

 

बर्दियामा निरन्तर बर्षा भएमा बाढी बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उद्दारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । भादा पुल देखि पूर्व तर्फ सदरमुकाम गुलरीया नेपालगन्ज सडकमा समेत बाढीको पानीले प्रभाव पारेको थियो । त्यसक्रममा साधन ओहोरदोहोर समेत अबरुद्ध भएको थियो ।
बर्दियाको बबई नदी, मान खोला, ओराही खोला लगायतका स्थानिय खोलामा आएको बाढीका कारण बर्दियामा २ सय ६ घर डुबानमा परेका छन । जसमध्ये १६ घर पूर्ण रुपमा क्षति भएको र १ हजार ३० परिवार प्रभावित भएका
छन् ।

 
जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार, बबई नदीको बाढीका कारण एक जना बेपत्ता, बाढीले घर भत्काउँदा ३ जना घाइते भएका छन ।
बारबर्दिया नगरपालिका १० गन्दर्भ टोलका २९ वर्षिय राजेन्द्र थारु बबई नदीको बाढीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बबई नदीमा बगेका काठदाउरा छोप्न जाने क्रममा थारुलाई नदीको बाढीले बेपत्ता बनाएको हो ।
बबई नदीको किनार चेपाङ्गमा बाढीले घर भत्काउँदा ३ जना घाइते भएका छन । घर भत्किएर चेपाङ्गकी ६० वर्षिय ननकली बिक गम्भिर घाइते भएकी हुन् ।

भिडियो सकिल इद्रिसीको फेसबुक

प्रतिक्रिया

प्रतिक्रिया