रविन्द्र सिंह ठकुरी
शुक्रबार राती परेको अविरल बर्षाका कारण बाँके, बर्दियामा दर्जनौं घर डुबेका छन् ।
बर्षात्का कारण राप्ती नदीको सतह ह्वात्तै बढेर ८.८७ पुगेको छ । बर्दियाको बबई नदीको सतह पनि खतराको चिन्ह भन्दा माथि पुगेको छ ।
बाढीका कारण राप्तीपारीका दर्जनौ घर जलाम्मे भएका छन् भने मानिसहरु उद्दारको पर्खाइमा रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिइसकेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालीकाको संशेरगन्जमा राप्ति नदिको बाढीका कारण ३० घर बगेका छन । बाढीका कारण राप्तिसोनारी गाँउपालीकाको लालापुरमा एक जनाको मत्यु भएको छ । तिन जना बालक घरमा पुरिएका छन । यस्तै गोठमा बाधिएका गाई बाख्रा भैसी सबै बगेका छन ।
टिकुलीपुर, मटेहीया, राजपुर, लगायतका स्थान जलमग्न बनेका छन । त्यहाँ ससस्त्र प्रहरी घटनास्थलमा पुगी स्थानीयको उद्दार गरिरहेको छ । उद्दार गरिएका स्थानीयलाई नजिकै रहेको दुर्गा मन्दिरमा राखिएको छ । नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा खटिएको छ ।
त्यस्तै उता डुडुवा गाउँपालीकाको खडैचामा पनि बाढी आउँदा घरहरु डुवानमा परेका छन । त्यस्तै उता फत्तेपुरमा आएको बाढिका कारण स्थानीयका कच्चि घर र गोठ बगेका छन । गोठमा बाँधिएका गाई बाख्रा र भैसी पनि बगेका छन । बाढीका कारण पूर्ब पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।
बाढीका कारण बाटो समेत जलाम्मे (भिडियो रेजिना मल्लको फेसबुक)
बाकेको टिकुलीपुरमा बाढीको उग्ररुप घरको छाना सम्म बाढी पुगेपछि उद्दारको पखाईमा स्थानीय । (तस्वीर : Topaaz Devkota को फेसबुक)