नेपालगन्जको पुष्पलाल चोकदेखि बसपार्कसम्म हुलाकी राजमार्ग अन्तर्गत सडकको क्षेत्रफल सुधार गर्न पहल सुरु भएको छ ।
त्यसका लागि हुलाकी राजमार्गको महानिर्देशनालयले समेत सकारात्मक प्रतिक्रिया दिएपछि सुधारको पहल सुरु भएको हो । ‘२२ मिटरमा जनता सबै तयार छन् भने हुलाकीले आफ्नो निर्णय सच्याउन तयार छ’, राष्ट्रिय जनता पार्टी नेपालका नेता पशुपति दयाल मिश्रले भने । मिश्र, नेपालगन्जका पूर्व नगर प्रमुख विजय कुमार गुप्ता लगायतको टोलीले बुधबार मात्रै हुलाकी सडकका प्रमुख बलाराम मिश्रसग भेट गरेको छ ।
यता, विकासका लागि नागरिक अभियान र नेपाल पत्रकार महासंघ बाकेले संयुक्त रुपमा सडक बहसलाई सर्वदलीय बैठकमा लैजाने भएको छ । अभियानका संयोजक कृष्ण प्रसाद श्रेष्ठले २२ मिटर क्षेत्रफल भित्र पुरै सडक निर्माण गर्न शुक्रबार सर्वदलीय बैठक आव्हान गरिएको जानकारी दिए । ‘विकास विरोधी काम हुन दिनु हुदैन’, संयोजक श्रेष्ठले दैनिक नेपालगन्जसग भने ।
यो पनि पढ्नुस्