बैंकका शाखा प्रबन्धकको मृत फेला, हत्या आशंका

नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रबन्धक प्रमोद बर्माको रहस्यमय मृत्यु भएको छ । तीन दिन अघि शनिबार मध्यरात देखि बेपत्ता ३३ बर्षिय बर्माको सोमबार दिउ“सो बाँकेको अगैया जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो ।

 
झुण्डिएर आत्महत्या गरेको जस्तो देखिने घटनाप्रति परिवार र आफन्तले हत्याको आशंका गरेका छन् । ‘घटना गम्भीर प्रकृतिको छ’, इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, डिएसपी सुरेश काफ्लेले दैनिक नेपालगन्जस“ग भने, ‘पोष्टमार्टम पछि एकिन केही भन्न सकिन्छ ।’ बर्माको शबलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइएको छ ।

 
घटनालाई लिएर परिवारले बैंककै दुई जना कर्मचारी विरुद्ध किटानी जाहेरी दिएको बताएका छन् । प्रेम प्रसङ्गमा पारेर बर्माको हत्या गरिएको हुनसक्ने दाबी आफन्तको छ ।

 
शनिबार राती बैंककै एक जना कर्मचारीका घरमा भेटिएका बर्मा एकाएक बेपत्ता भएको विवरण प्रहरीमा दिइएको थियो । ‘पहिले बैंककै एक महिला कर्मचारी बेपत्ता भएको हल्ला चलाइयो’, परिवारका एक सदस्यले दैनिक नेपालगन्जस“ग भने, ‘पछि उनी भेटिएको तर प्रमोद बेपत्ता भएको पाइयो ।’

प्रतिक्रिया

प्रतिक्रिया