जिल्ला प्रहरी कार्यालय बाकेले पछिल्ला बर्ष प्रहरीसग जनताको सामिप्यता बढाएको छ । पछिल्लो तथ्यांकले प्रहरीप्रतिको जनविश्वास ह्वात्तै बढेको देखाएको हो ।
‘मेरो सबैभन्दा ठूलो उपलब्धी प्रहरीसग जनताको निर्वाध पहुच हो’, बाके प्रहरी प्रमुखको जिम्मेवारी पूरा गरेर जानु अघि शनिबार पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक टेक प्रसाद राईले भने । हुनपनि प्रहरी उपरीक्षक (एसपी) राईको पछिल्लो एक बर्षे अवधीमा १७ हजार ४ सय जनाले जिल्ला प्रहरी कार्यालयमा औपचारिक सेवा लिएका छन् । त्यो संख्या अघिल्लो बर्ष १० हजार ६ सय २५ थियो भने अझ अघिल्लो बर्ष ९ हजार २ सय । ‘म २४सै घण्टा जनताको प्रत्यक्ष सम्पर्कमा थिए“’, एसपी राईले सगर्व भने, ‘मेरो लागि यो ठूलो उपलब्धी हो ।’ जिम्मेवारी सम्हाल्दा तामझामका साथ पत्रकार भेटघाट गर्ने प्रहरी प्रमुखहरु जाने बेला सुइकोसम्म दिंदैनन् । जानु अघि जिल्ला प्रहरी प्रमुखहरु विरलै पत्रकार स“ग भेट्छन् ।
एसपी राईले पत्रकारसग खुलेर चर्चा गरे । ‘जनताले वडा, वडामा प्रहरीको माग गरेको छ’, प्रहरी प्रति जनविश्वास बढेको सुनाउ“दै राईले भने, ‘नागरिक सम्मान पनि बढाइएको अनुभूति गरेको छु ।’ राईले आफ्नो कार्यकालमा गरेको एउटा महत्वपूर्ण कामको प्रस्तुति गरे । हेर्दा सामान्य लाग्ने तर जनतामा ठूलो अर्थ राख्ने काम थियो सेवाग्राहीसग लिइने शुल्क । ‘म आउनु अघि प्रहरीसग जुनसुकै सेवा लिनु परे पनि ७० रुपैया“ खर्चनु पर्ने बाध्यता थियो’, राईले सबिस्तार भने ।
उनका अनुसार, जिल्ला प्रहरी कार्यालय बाहिर बस्ने लेखनदासले ५० रुपैया“ निवेदन वापत र १० रुपैया“को टिकटलाई २० रुपैया असुल्ने गर्दै आएका थिए । ‘एउटा यस्तो फाराम (देखाउ“दै) बनाइएको छ जुन हाम्रै प्रहरीले भरिदिन्छ’, राईले भने, ‘जनताले एक रुपैया पनि खर्च गर्नु पर्र्दैन ।’
जिल्लाको सुरक्षा चुनौतिबारे आफ्नो अनुभव सुनाए । आफुले १८ महिनाको कार्यवधिमा गरेका प्रगति विवरण पनि प्रस्तुत गरे । त्यतिमात्र होइन आफुलाई लागेका केही ‘दाग’को पनि चर्चा गरे । र, सफाई पनि दिए । अनुसन्धानमा विज्ञ मानिएका एसपी राईले ७ महिना लगाएर भूमाफियाको गिरोहलाई कारवाहीको दायरामा ल्याएको सुनाए । ‘आइ मिस यू बाके’ कर्मथलोलाई सधै सम्झने वाचा गर्दै राईले भने ।