शैय्यामा इन्जिनियर सपना, सहयोगको अपेक्षा

‘मेरो नजिकको साथीमात्र होइन ऊ, ट्यालेन्ट स्टुडेन्ट पनि हो’, कलेज अफ इन्जिनियरिङ्गमा दोस्रो बर्ष अध्ययनरत् प्रदिप पराजुलीले भने । उनी कलेजका सहपाठीहरुको एउटा समूह बनाएर आर्थिक सहयोगमा सक्रिय थिए ।
कलेज अफ इन्जिनियरिङ्गमा दोस्रो बर्ष, फोर्थ सेमेष्टर अध्ययनरत् नेपालगन्ज गणेशपुरका कविराज गैरेको जीवन रक्षाका लागि विद्यार्थीहरु सडकमै उत्रिएर आर्थिक संकलनमा सक्रिय भएका हुन् । ‘पहिलो चरणमा ५० हजार जति संकलन गरिसकेका छौं’, पराजुलीले भने ।

 
पछिल्लो तीन महिनादेखि अस्पतालमा उपचारार्थ रहेका २२ बर्षिय गैरेका दुवै मृर्गौला काम नलाग्ने भएका छन् । साढे २ महिनादेखि साप्ताहिक डाइलोसिस गर्दै आएका गैरेलाई मृर्गौला प्रत्यारोपण गर्न कम्तिमा २५ लाख लाग्ने अनुमान छ । ‘नेपालमै गर्न सके १५ लाखमा हुने रैछ’, गैरेले साथीहरुको सक्रियता प्रति आभारी हुदै दैनिक नेपालगन्जसग भने, ‘म निको भएर साथीहरुको अपेक्षालाई पूरा गर्छु ।’ उनी आफु निको हुनेमा ढुक्क हुदै देशको राम्रो इन्जिनियर बनेर देखाउने सपना सुनाए ।

‘एउटा इन्जिनियर बाच्यो भने देश नै बाच्छ’, आफ्नो होनहार विद्यार्थी अस्पतालको शैय्यामा पुगेको खबर पाउना साथ विद्यालयमै बोलाएर आर्थिक सहयोग गरेका समावेशी इङ्गलिस स्कुलका प्रिन्सिपल हेमन्तराज काफ्लेले भने । काफ्लेले बिहीबार विद्यार्थीहरु बीच गैरेलाई २१ हजार ५ सय ५१ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरे ।
‘गैरे समावेशीबाट २०६९ सालको एसएलसीमा टपर हुन्’, प्रिन्सिपल काफ्लेले उनलाई ठूलो सहयोगको आवश्यकता भएको औंल्याउदै भने, ‘इन्जिनियरिङ्गमा अब्बल, मिहेनती र लगनशील उनलाई जसरी भएपछि स्वस्थ बनाउन सबैको सहयोग आवश्यक छ ।’

 
जय बागेश्वरी उच्च माविबाट आइएस्सी गरेका गैरेले उत्कृष्ट नतिजा दिन सफल भएका थिए । जय बागेश्वरीले पनि आफ्ना होनहार पूर्व विद्यार्थीको जीवन रक्षाका लागि ४२ हजार ५ सय ६६ रुपैया सहयोग गरेको थियो ।
शुभेच्छुकहरुले उनको स्वास्थ्य उपचारका लागि प्रभु बैंकमा ००७०१०००९१९९०४०००००१ नम्बरको खाता सञ्चालनमा ल्याएका छन् । ‘जो कसैले पनि सहयोग गरेर एउटा जीवन रक्षा गर्न सक्नुहुनेछ’, इन्जिनियरिङ्ग विद्यार्थी पराजुलीले
भने ।

प्रतिक्रिया

प्रतिक्रिया