नेपालगन्ज : बर्षाको पानी निकास नहुँदा विभिन्न क्षेत्रमा पानी जम्यो (तस्वीरहरु)

बिहीबार नेपालगन्जमा परेको केही बरेको झरीका कारण नेपालगन्जका विभिन्न क्षेत्रमा पानी तालिएको छ ।
हरेक पटकको बर्षामा सानो झरीले पनि सडकमा पानी जम्मा हुने गरेको छ । उचित निकास नहुँदा सानो झरीले पनि नेपालगन्जका विभिन्न ठाउँ जलाम्मे हुने गरेको छ ।
खासगरी बसपार्क, घरबारीटोल, धम्बोझी क्षेत्रमा पानी तालिने गरेको छ । पानी निकासका लागि आवश्यक निकास नहुँदा घरबारी टोलका विभिन्न पसलमा पानी पसेको छ । नमस्ते प्रिन्टर्सका सञ्चालक दुर्गा ज्योति भण्डारीले प्रेसमा पानी पस्दा ३ लाख क्षति भएको बताएका छन् । विभिन्न कच्ची सडकहरु हिल्लाम्मे भएका छन् ।
उपमहानगरपालिका नगरका विभिन्न ठाउँको नाली सफा गरेर निकास खोलेको भनेपनि त्यो पर्याप्त मात्रामा हुन सकेको देखिदैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार नेपालगन्जमा ३२ मिलिलिटर बर्षा भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया