बाँके जिसस संयाेजकमा फाेरमका श्रीवास्तव पक्का

 

नेपालगन्ज न्यूज । बाँकेकाे जिल्ला समन्वय समिती संयाेजकमा संघीय फाेरमका अजय श्रीवास्तव हुने पक्का भएकाे छ । जिससमा उम्मेदवारी दर्ता गर्नका लागि निर्वाचन कार्यालयले विहिबार ताेकेकाे थियाे । प्रमुखमा अजय श्रीवास्तवकाे मात्र उम्मेदवारी परेकाे निवार्चन अायुक्त तेजनारायण पाैडेलले बताए ।

नरैनापुर गाउँपालिकाका श्रीवास्तव संघीय फाेरमका केन्द्रिय सदस्य हुन् ।

यसैगरी सह संयाेजकमा तीन जनाकाे उम्मेदवारी परेकाे छ । एमालेका अतिउल्ला खाँ र कांग्रेसका धु्व्र प्रसाद दाहाल र ज्ञानेन्द्र कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत तथा बाँके जिल्ला न्यायाधिश तेजनारायण पौडेलले संयोजकको लागि १, सह–संयोजकका लागि ३ जना, ३ महिला सदस्यकालागि मा ६ जना, एक दलित तथा पिछडियको सदस्यको लागि २ र  ३ अन्यबाट  सदस्यको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

 

प्रतिक्रिया

प्रतिक्रिया