नेपालगन्जगन्जन्यूज । बाँकेमा ९ सदस्य जिल्ला समन्वय समिती हुने भएकाे छ । अाइतबार सम्पन्न भएकाे जिल्ला सभाकाे पहिलाे बैठकले ९ सदस्य जिल्ला समन्वय समिती बनाउने निर्णय गरेको छ ।
जिल्ला सभा बैठककाे अध्यक्षता काेहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले गरेका थिए ।
जिल्ला सभाकाे पहिलाे बैठकमा सांसद देवराज भार, दलबहादुर सुनार, साविया प्रबिण, वादशाह कुर्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थी लगायतले शुभकामना दिएका थिए । बैठकमा बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलको उपस्थिती रहेकाे थियो ।
जिल्ला सभाकाे निर्णय निर्वाचन अायाेगमा लेखि पठाउने निर्णय भएकाे छ । र जिल्ला निर्वाचन कार्यालयले जिल्ला सभा काे लागि मतदान मिती ताेकि कार्यक्रम सार्वजनिक गर्ने छ ।
८ स्थानीय तह रहेका बाँकेकाे जिल्ला सभामा १६ सदस्य रहेका छन् । जिल्ला सभामा नेकपा एमालेको ७, नेपाली काँग्रेसको ६ , संघीय समाजवादी फोरम नेपालको २ र राप्रपाको एक जना रहे्का छन् ।
जिल्ला सभाले प्रमुख, उपप्रमुख र सदस्यहरुको निर्वाचन गर्ने छ । जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख र सदस्य हुनका लागि गाउँसभा तथा नगरसभाको सदस्य हुनुपर्ने व्यवस्था छ ।