यौन हिंसाको मारमा अबोध बालबालिका

केहि समय पहिले बाँकेका एक ५ बर्षिय नाबालक यौन हिंसामा परेको खवर सार्वजनिक भयो । जवान युवाबाट अप्राकृतिक मैथुनको पीडा भोगेका ति बालकको बालमस्तिकमा नराम्रो असर पर्न गयो । पीडित बालकका बुवाको रोजगारीका सिलसिलामा बिदेशमा रहेका बेला मृत्यु भएको थियो । न्याय र क्षतिपुर्तीका लागि आमालाई धेरै जसो बिदेशमै बस्नु परेकाले बालक बृद्ध हजुरआमाको संरक्षणमा बस्ने गरेका थिए ।

 

लालन पालन गरकी हजुरआमालाई पनि काम बिदेशले भारत जानु परे पछि बालक मामाको संरक्षणमा बसेका थिए । मामा स्कूल गए पछि बालक घरमा एक्लै थिए । सोही मौकामा गाउकै मस्त जवान युवाले बालकलाई ललाई फकाई आफ्नो घरमा लगे । यौन आवेग मेटाउन ति युवाले बालकलाई ट्वाइलेटमा लगि अप्राकृतिक मैथुन गर्न थाले । अन्यायी युवाको जवरजस्तीपनका कारण पीडाले बालक चिच्याउन थाले । बच्चा रोएको आवाज आए पछि आँगनमा घाम तापेर बसेकी छिमेकी महिला अन्यायीको घरमा पुगिन् ।

 

बालक रोएको आवाज ट्वाइलेट भित्रबाट आइरहेको थियो । ति महिलाले ट्वाइलेटमा बालक थुनिएछ भन्दै ‘ढोका खोल ढोका खोल भन्दै’ बाहिरबाट ढोकामा हान्न थालिन् । एक छिन सम्म ढोका हानेको हानै गरे पछि भित्रबाट आफै ढोका खुल्यो । ट्वाइलेट भित्र पीडित बालक र अन्यायी युवालाई देखे पछि ति महिला छक्क परेर हेरेको हेरै भइन । त्यत्तिकैमा अन्यायी युवा त्यहाँबाट भाग्न सफल भए । ट्वाइलेटमा रोइरहेका पीडित बालकलाई बाहिर ल्याएर हेर्दा बालकको दिसा गर्ने ठाउँबाट घाउ भै रगत बगेको र वरिपरि बिर्य लतपतिएको देखिन । बालक पीडाले रुँदा रुदा बेहोस जस्तै देखे पछि ति महिलाले पीडित बालकलाई दिनभरि आफु सँगै राखिन् । बालकलाई ३ दिनसम्म लगातार ज्वरोले च्यापेको थियो ।

 
घटना पश्चात ति पीडित बालकमा रातो कपडा लगाएको मान्छे देख्नै बित्तिकै झस्कने, डराउने र हडबढाउने समस्या देखिए । घटनाका कारण बालकको दुवै कुममा निलो दाग परेको थियो । गुद्वारमा कालो निलो रगडिएको दाग परेको थियो । दुवै तिघ्राको अघिल्लो भागको छाला खोस्रीएको थियो । दिसा गर्न लाग्दा रातो मासु बाहिर निस्कन्थ्यो । पीडाले चर्पि गर्न समेत बच्चालाई अप्ठारो पर्ने गरेको थियो । तर, बिडम्बना यस्तो अवस्थामा सहयोग गर्नुको सट्टा केही गाउँलेले ति पीडित बालकलाई त… को जोई होस । तेरो पेटमा बच्चा छ कसरी बच्चा पाउ“छस् भनेर जिस्काई ति बालकलाई झनै पीडा दिने कार्य गरे । जसका कारण ति अबोध बालक खाना खाएर पेट ठुलो हुने बित्तिकै दुवै हातले पेट दाब्दै हजुरआमा मेरो पेटमा बच्चा छ भनेर रुने अवस्थाको सृजना गरियो । डाक्टरले गुद्वारबाट रातो मासु आउने समस्याको उपचारका लागि लामो समय सम्म गर्नु पर्छ भनेका कारण उनी मात्र नभै उनको परिवार समेत चिन्तित बन्न पुग्यो ।

 
घटनाको केही दिन पश्चात बिदेशबाट फर्केकी हजुरआमाले नाती बिरामी परेको देखि के भएको भनी सोधखोज गर्दा बल्ल घटनाबारे जानकारी पाइन । मेरो छोराछोरीलाई समेत केहि नभन्नु भन्यौ भने तिमीहरुलाई समेत पिट्छौ भनेर धम्क्याएको र गाउँमा पीडककै दवदवा भएका कारण सुरुमा कसैले घटना बारे मुख खोलेका थिएनन । तर घटना बारे जानकार छिमेकी महिलाले बालक उपर भएको अन्याय सहन नसकी घटनाबारे पीडित बालककी हजुरआमालाई बताई दिइन । नाती माथी भएको अन्यायको कुरा पीडकको घरमा भन्न जा“दा पीडक परिवारले उल्टै मारपिट गर्ने धम्की दिएको पीडित पक्षको गुनासो छ ।

 
धम्कीका बाफजुट पीडित परिवारले प्रहरीमा उजुरी दिए पछि पीडक कानूनी दायरामा आएको भए पनि बालकको मनमा अझै डरत्रास भावना हराएको छैन । पीडित बालक कसैसँग पनि बोल्न डराउछन् । घटनाका कारण बालक एक दमै कम र विस्तारै बोल्ने गर्दछन् । बालक स्कुल जान समेत मन गर्दैनन् । उपरोक्त घटना त एक प्रतिनिधिमुलक घटना मात्र हो । पछिल्लो समय महिला र बालिका मात्र होइनन् अवोध बालकहरु समेत यौन हिंसा र अप्राकृतिक मैथुनको शिकार पर्ने गरेका छन् । कोही आफ्नै घरमा आफन्तबाट पीडित छन् त कोही छिमेकी र चिनेजानेकै मान्छेबाट पीडित बन्ने गरेका छन् ।

देशै भरि महिला हिंसाको घटना बढिरहेको कुरा सार्वजनिक भै रहदा बाँके जिल्लामा पनि यस्ता घटनाले निरन्तरता पाइरहेका छन् । केहि दिन पहिले बाँकेका एक ब्यक्तिले आफ्नी श्रीमतीको टाउको छिनालेर क्रुर हत्या गरेको घटनाले महिला र बालबालिकाहरु आफ्नै घरमा सुरक्षित छैनन भन्ने देखाएको छ । महिलाहरु बिभिन्न बहानामा महिला र बालबालिकाहरु आफ्नै घरभित्रै समेत असुरक्षित बन्ने गरेका छन् ।

 

पछिल्लो समय घटेका घटना प्रकृति हेर्दा बालबालिका र महिलाहरु बढी मात्रामा आफन्त, नजिकका नातेदार र छिमेकीबाटै पीडित बन्ने गरेका छन् । अझ डर लाग्दो पक्ष त के देखिएको छ भने बृद्ध महिला र बालिका यौन हिंशामा पर्ने गरेकोमा अव कलिलै उमेरका बालकहरु समेत अप्राकृतिक मैथुनको शिकार हुन थालेका छन् । अपराधिक मनोबृत्तिका मानिसले नैतिकता गुमाउदै जाँदा अव त बालिका मात्र होइन ५ बर्षे अबोध बालक समेत यौन हिंसाको मारमा पर्न थालेका छन् । यस्ता घटनाले बालबालिकाहरु हरपल जोखिममा रहने गरेका छन् भन्ने कुराको इगित गरेको छ ।
पछिल्ला घटनाले बालबालिका हरुलाई उनीहरुको सर्वोत्तम हित चिताउने संरक्षकले अझ बढी संरकत्वमा ध्यान दिनु पर्ने देखाएको छ । जथाभावी खानपान, मदिराको सेवन, अश्लिल श्रब्यदृब्य र ब्यक्तिमा आएको नैतिकताको हस, अपराधिक मनोवृत्तिका कारण अन्यायीहरु यौनहिंसाको घटना घटाउन उत्पेरित हुने गरेको पाइएको छ । त्यस माथी फितलो कानूनी संरचनाका कारण यस्ता अपराधले निरन्तरता पाउनमा सघाउ पु¥याईरहेको छ ।
अत ः महिला र बालबालिकाहरु उपर हुने यौनजन्य हिंसाको घटनाको रोकथामका लागी आमसमुदायसम्म सचेतना फैलाउन जरुरी छ । अपराधीलाई कडा कारवाहीका लागि कानूनी संयन्त्रलाई प्रभाकारी बनाई यौन हिंसाका घटनामा शुन्य सहनसिलताको नीतिलाई अपनाउइनु पर्दछ ।
घटनाको रोकथामको लागि सबै सरोकारवाला निकायहरुले जवाफदेही र जिम्मेवारपूर्ण भूमिका निभाउन पनि उत्तिकै जरुरी छ । अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको हेरचाह र संरक्षणमा हरपल ध्यान पु¥याउन पनि उत्तिकै जरुरी छ । (लेखक अधिवक्ता हुन ।)

प्रतिक्रिया

प्रतिक्रिया