(शब्द/तस्वीर : कुमार चौधरी)
थारु समुदायको बाहुल्यता रहेको बाँके, बर्दिया, कैलाली लगाएतका क्षेत्रहरूमा रोपाइ सकिने क्रममा पुगेको छ । केही समय अगाडि थारु समुदायमा खेतीपाती गर्ने चलन र अहिलेको चलनमा भिन्नता देख्न सकिन्छ । जसकारण रोपाइमा प्रयोग हुने परम्परागत समाग्रीहरु पनि हराउँदैछन ।
थारु समुदायमा खेतीपातीमा पस्नु भन्द पहिले खेतमा भोज खाने चलन छ जस्लाइ थारु भाषामा कलवा खवाइ भनिन्छ । बडघर(मुखिया)को उपस्थितमा गाउँको सल्लाह अनुसार कलवा खवाइ दिनको तय गरिन्छ । खेत पुजा गरि भोज मनाउने चलन छ । कलवा खवाइमा माछा, मासु, मादक पदार्थ, गेडागुडी खाने चलन रहिआएको छ ।
थारु समुदायमा परम्परागत खेतीपातीको औजार तथा समानको प्रयोग गरिन्थ्यो । तर अहिले त्यस्तो बर्षाको समयमा प्रयोग हुने समानहरु कमै मात्रमा देख्न पाइन्छ । जसमध्ये एक हो ‘छत्री’ ।
परम्परागत रुपमा घरमा हातले बनाएको छाता जस्लाइ थारु भाषामा छत्री भनिन्छ । यसको प्रयोग खेत जोत्ने बेला र धानको बेर्ना उखेल्ने बेलामा घाम र पानीबाट बँच्नको लागि प्रयोग गरिन्छ । छत्री महुराइन (भोर्ला वा मालु) को पात र बाँसबाट बनेको हुन्छ । हाल थारु समुदायमा छत्रीको प्रयोग पनि कमै मात्रामा देख्न पाइन्छ ।
थारु समुदायमा खेती लगाएर सकेको उपलक्ष्यमा भोज मनाउने र रमाइलो गर्ने चलन चलिआएको छ, जसलाइ हर्दुइ खाने भनिन्छ । गाउँमा सबै किसानहरुले खेत लगाएर सकिएपछि एकै साथ हर्दुइ खाने चलन छ । हर्दुइमा बिशेषगरि बंगुरको मासु र जाँड खाने गरिन्छ । हर्दुइलाइ खुशी साटासाट र थकाइ मार्ने अवसरको रुपमा लिने गरिन्छ ।
अधुनिकिकरण र युवाहरुको चासो सँस्कृती तथा कलाकृति जोगाउन तर्फ नगएको करणले पुराना परम्परागत सामान हराउदै साबिक ढोढरी-५ बर्दियाका बडघर सिताराम थारु बताउँछन ।