नेपालगन्जन्यूज । नेपालगन्ज १८ भुजइ गाउँमा दुग्गड ग्रुपकाे तेलकाे गाेदाम रहेकाे स्थानमा भिषण अागलागी भएकाे छ । अागलागी दिउँसाे सवा ४ वजे लागेकाे अागलागी निभाउनका लागी नेपालगन्ज र काेहलपुरका दमकलहरूले प्रयास जारी राखेका छन् ।
घटनास्थलबाट हाम्रा सहकर्मी विनय दिक्षित भन्छन्, अागाेकाे मुस्लाेले अाकाश नै कालाे भएकाे छ ।
अागलागी नियन्त्रणका लागी ठूलाे मात्रामा प्रहरी र स्थानीय समुदाय लागेका छन् ।
के एल दुग्गड समुह अन्तर्गतकाे ज्ञान एग्राे एन्ड वायर म्यानेजमेन्ट कम्पनीकाे गाेदाममा अागलागी भएकाे हाे । के एल दुग्गड समुहका जनरल म्यानेजर प्रदिप कुमार छाछेडका अनुसार ३५ हजार क्विन्टल क्षमताकाे गाेदाममा स्वस्तिक तेल, गहुँ, धान, घ्यू लगायतका खाद्यान्न भण्डारण गरेर राखिएकाे थियाे ।
अागलागी नियन्त्रणका लागि राझाँ विमानस्थलकाे दमकललाइ पनि ल्याउने प्रयास भइरहेकाे छ । राझाँ विमानस्थलकाे दमकल अाएमा विमान सेवा अवरूद हुने भएकाेले विमानस्थलकाे दमकललाइ सबै उडान सकिए पछि ल्याइने सुरक्षा श्राेतले नेपालगन्जन्यूजलार्इ बतायाे ।
गाेदाम रहेकाे स्थानकाे वरपर गाउँहरूमा अागलागी फैलिन नदिन उच्च सतर्कता अपनाइएकाे छ ।
अागलागीकाे कारण थाहा नभएकाे प्रहरीले बताएकाे छ ।
स्थानीयबासीले एक्कासी अागाेकाे मुस्लाे देखेकाे बताए । हाम्रा संवाददाता भन्छन्, अागलागी भएकाे स्थान नजिक अावासीय घरहरू छैनन् ।
(भिडियो तस्वीर : विनय/देबेन्द्र)