एनआइसी एशिया बैंकले स्थापनाको २०औं बर्ष प्रवेश बुधबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
‘बैंक पनि साथी पनि’ नारा लिएर देशभरका १ सय १९ शाखा ४ बिस्तारित काउण्टर, ७० एटिएम र ४ हजार रेमिट्यान्स काउन्टरबाट सेवा प्रवाह गर्दै आएको एनआइसी एशियाले बार्षिकोत्सव मनाएको हो । त्यसक्रममा बुधबार नेपालगन्जका सञ्चारकर्मीहरुसग अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा बैंकका क्षेत्रीय प्रबन्धक तेजराज तिमिल्सिनाले सेवा प्रवाह बारे जानकारी दिए । क्षेत्रीय प्रबन्धक तिमिल्सिनाका अनुसार, पटकपटक बैंक अफ द इयर उपाधी पाउन सफल एनआइसी एशियाले वाणिज्य बैंकहरुका सबैभन्दा बढी सुविधा बिस्तार गरिरहेको छ ।
‘हामी नया“ संरचना अनुसार देशभरका १९ वटा नया गाउपालिकामा शाखा बिस्तार गर्दैछौं’, क्षेत्रीय प्रबन्धक तिमिल्सिनाले पत्रकारहरुसग भने, ‘मध्यपश्चिममा सुर्खेतको सिम्ता, जुम्लाको सिञ्जा, बर्दियाको भुरेगाउमा शाखा प्रस्ताव गरिएको छ ।’ माग गरेको एक घण्टामै ‘गोल्ड लोन’ प्रवाह गर्ने गरिएको जानकारी दिंदै बैंकका शाखा प्रबन्धक रवि श्रेष्ठले सरल कर्जा प्रवाह पनि सहज ढंगले भैरहेको बताए ।
‘५० हजार देखि २ अर्बसम्म कर्जा प्रवाह गर्न सकिन्छ’, क्षेत्रीय प्रबन्धक तिमिल्सिनाले साना व्यवसायी देखि ठूला उद्योगपति सम्मलाई ऋण लगानी गरिने जानकारी दिंदै भने ।
एनआइसी एशिया बंैक लिमिटेडका प्रमुख सूचना अधिकारी रोशन कुमार न्यौपानेका अनुसार, चालु आर्थिक बर्ष भित्र २ सय बढी शाखा, ४ सय एटिएम, २ सय शाखा रहित बैंकिङ्ग सेवा बिस्तारको योजना अघि सारेको छ । बैंकको मध्यपश्चिममा ३० वटा शाखा बिस्तारको लक्ष्य रहेको छ ।