बाँके जिल्ला समन्वय समितीका लागी एमाले र संघीय फाेरम बीचमा सहमती

नेपालगन्जन्यूज । बाँकेमा जिल्ला समन्वय समिती निर्वाचनमा नेकपा एमाले र संघीय समाजवादी फाेरम  बीचमा कार्यगत एकता हुने भएकाे छ ।

बाँके एमाले सचिव रत्न खत्रीले नेपालगन्जन्यूजसंग कुराकानी गर्दै, अाज दिउँसाे भएकाे छलफलबाट सहमती भएकाे तर पद र संख्या बाँडफाँड भने नगरिएकाे बताए ।

खत्रीका अनुसार, एमाले अध्यक्ष अशाेक काेइराला र संघीय फाेरम का बाँके अध्यक्ष कमरूद्दिन राइका बीच वार्ता भएकाे हाे ।

बाँकेमा एमालेका काेहलपुर, खजुरा, बैजनाथ र जानकीबाट ४ प्रमुख र ३ उपप्रमुख गरी ७ निर्वाचित भएका छन् । यसैगरी संघीय फाेरमका नरैनापुर गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २ निर्वाचित भएका छन् ।

संघीय फाेरम र हामी बीचमा सहमती पछि बाँकेकाे जिल्ला समन्वय समितीमा एमालेकाे नेतृत्व पक्का भएकाे छ । सचिव खत्रीले नेपालगन्जन्यूजसंग भने ।

जिल्ला समन्वय समितीका लागी स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता रहने व्यवस्था रहेकाे छ ।

यसैगरी समन्वय समितीमा स्थानीय तहका गाउँ सभा तथा नगर सभाका सदस्यहरू उम्मेदवार हुन पाउने व्यवस्था रहेकाे छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया