नेकपा एमालेले जानकी गाउँपालिकामा विजय हात पारेको छ । एमालेबाट प्रमुख पदका उम्मेदवार रामनिवास यादव र भूमिसरा धिताल विजयी भएका हुन् ।
एमालेले जानकी गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा विजय हात पारेको हो । त्यहाँ माओवादी केन्द्रले वडा नं. २, संघीय समाजवादी फोरमले वडा नंं १ र काँग्रेस वडा नं. ३ मा जित हात पारेको छ । यो सँगै एमालेले बाँकेमा दुई पालिकामा जित हात पारेको छ ।
८ स्थानीय तह रहेको बाँकेमा बैजनाथ गाउँपालिकामा एमालेले यसअघि नै जित हात पारिसकेको छ ।
नेपाली काँग्रेस डुडुवा र राप्तीसोनारी तथा संघीय समाजवादी फोरम नरैनापुर गाउँपालिकामा विजय भएको छ ।
अब कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ । दुवै स्थानमा पछिल्लो मत परिणाम अनुसार, एमालेले अग्रता हासिल गरिरहेको छ ।











