बाँके अपडेट {राती ९ बजे }, ३ स्थानीय तह र ६६ वडाकाे मतगणना सम्पन्न

नेपालगन्जन्यूज । बाँकेका ८ स्थानीय तह र ८१ वडाहरू मध्ये ३ तह र ६६ वडाहरूकाे मतगणना सम्पन्न भएकाे छ ।

प्राप्त पछिल्लाे जानकारी अनुसार, नरैनापुर गाउँपालिकामा संघिय समाजवादी फाेरमले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेकाे छ । यसैगरी नेपाली कांग्रेसले डुडुवा र राप्ती साेनारीमा विजय हासिल गरेकाे छ । नेकपा एमालेले बैजनाथ गाउँपालिकामा विजय हासिल गरेकाे छ ।

६६ वडाहरूले पाए वडा अध्यक्ष 

बाँकेका ८१ वडाहरू मध्ये ६६ वडाहरूमा वडा अध्यक्षहरूकाे निर्वाचित भएकाे समाचार सार्वजनिक भएकाे छ ।

नेपाली कांग्रेसका नरैनापुरमा ३, डुडुवामा २, जानकीमा १, खजुरामा १, बैजनाथमा २, राप्ती साेनारीमा ५, काेहलपुरमा २ र नेपालगन्ज उपमहानगरपालिकामा ७ वडा गरी २३ वडाहरूमा विजय हासिल गरेकाे छ ।

नेकपा एमालेले  डुडुवामा १, जानकीमा १, खजुरामा ४, बैजनाथमा ५, राप्ती साेनारीमा १, काेहलपुरमा ५ र नेपालगन्ज उपमहानगरपालिकामा ५ वडा गरी २२ वडाहरूमा विजय हासिल गरेकाे छ ।

माअाेवादी केन्द्रले  जानकीमा १, खजुरामा १, बैजनाथमा १, राप्ती साेनारीमा ३, काेहलपुरमा १ र नेपालगन्ज उपमहानगरपालिकामा ४ वडा गरी ११ वडाहरूमा विजय हासिल गरेकाे छ ।

राप्रपाले  नेपालगन्ज उपमहानगरपालिकामा ३ वडाहरूमा विजय हासिल गरेकाे छ ।

संघिय समाजवादी फाेरमका नरैनापुरमा ३, डुडुवामा २, जानकीमा १ र नेपालगन्ज उपमहानगरपालिकामा १ वडा गरी ७ वडाहरूमा विजय हासिल गरेकाे छ ।

यसैगरी फाेरम लाेकतान्त्रिकले डुडुवामा १ वडामा विजय हासिल गरेकाे छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया