नेपालगन्ज : डा. धवलको अग्रता कायमै

नेपालगन्ज उपमहानगरपालिकामा ६ वडाहरुको मतगणना सम्पन्न हुन्जेल मेयरमा राप्रपाका डा. धवल शम्शेर राणाले अग्रतालाई फराकिलो बनाइरहेका छन् ।
पछिल्लो मतगणना अनुसार, राणाको ३,४४७ मत रहेको छ । यसैगरी नेपाली कांग्रेसका डा. शुरेस कुमार कनोडियाको १९०४, माओवादी केन्द्रका दामोदर आचार्यको १९६८ र एमालेका समसुद्दिन सिद्दिकीले १७२९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेस कि उमा थापा मगर २६५५ मतले अग्रता रहेको छ । यसैगरी राप्रपाको रमारानी बैश्यको २४६६ र एमालेको शान्ति ढकालको १९६० मत प्राप्त गरेका छन् ।
६ वडाहरुको मतगणना सकिएको छ । राप्रपाले २ वडा अध्यक्ष तथा एमाले, कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले एक एक वडा अध्यक्षमा विजय हासिल गरेको छ ।
अहिले वडा नं.६ को मतगणना जारी रहेको छ । वडा नं.६ को मतगणना पछि ७, ११, २१ र २२ को मतगणना गर्ने तयारी रहेको हाम्रा नेपालगन्जन्यूज सहकर्मीले जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया