बाँकेमा ८१ मध्ये २१ वडाकाे मत परिणाम घाेषणा

देवेन्द्रराज पाैडेल

नेपालगन्जन्यूज । स्थानीय तहको निर्वाचन परिणाम आउने क्रममा जारी रहेको छ । शुक्रबार अबेर राती सम्म २० वटा वडाको मतपरिणाम आएको छ ।

यो समाचार तयार पार्दा सम्म बाँकेमा एमाले ५, काँग्रेसले ८, फोरमले ५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले १, माओवादी केन्द्रले १ वडा अध्यक्ष पदमा जित हासिल गरेका छन् । आठ स्थानीय तह रहेको बाँकेमा नरैनापुरमा संघीय समाजवादी फोरमले प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ ।

नेकपा एमालेले नेपालगन्ज–१, कोहलपुर–१, खजुरा–१, बैजनाथ–१, डुडुवा ५ मा एमालेले विजय हात परेको हो । नेकपा एमालेबाट नेपालगन्ज–१ बाट अध्यक्ष पदका उम्मेदवार प्रमोद रिजाल विजयी भएका छन् । उनले ८ सय १८ मत प्राप्त
गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवारले ५ सय १७ र नेपाली काँग्रेसका उम्मेदवारले ४ सय ७० मत प्राप्त गरे । बैजनाथ– १मा एमालेका रुपबहादुर मल्ल वडा अध्यक्षमा विजयी भएका छन् । उनले १ हजार ४ सय १४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले १ हजार १ सय २८ मत प्राप्त गरेका थिए ।

 

त्यस्तै, कोहलपुर १ मा एमालेका गोपी खनाल बिहीबार नै विजयी भएका थिए । उनले ५ सय ९ प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४४ मत र नेपाली कांग्रेसले २८० मत प्राप्त गरेका थिए ।
खजुरा १ मा पनि नेकपा एमाले विजयी भएको छ । खजुरा १ बाट एमालेका सुमन मल्लले १ हजार ५८ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याएको माओवादी केन्द्रले ३ सय ९३ मत प्राप्त गर्यो ।

 

डुडुवा गाउँपालिका ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका परशुराम थापा ६ सय ६८ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पदम बहादुर बुढाथोकीले ६ सय ५९ मत प्राप्त गरे । डुडुवा वडा नं. ९का सबै पदमा एमालेले विजय हासिल गरेको हो ।
नेपाली काँग्रेसले नेपालगन्ज–२, कोहलपुर–१५, राप्तीसोनारी–१ र ९, डुडुवा–१, नरैनापुर–३, ५ र ६ मा विजय हासिल गरेको छ । नेपालगन्ज–२ मा काँग्रेसका सुनिल सिह हमालले ४ सय ६६ मत प्राप्त गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राप्रपाका मनोज श्रेष्ठले ३ सय ७४ मत प्राप्त गरे । नेपालगन्ज–२मा काँग्रेसले कोहलपुर–१५ मा कांग्रेसका पतिराम थारु अध्यक्षमा विजयी भए । उनले ७ सय ७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी राप्रपाका उम्मेदवारले ६ सय ७१ मत प्राप्त गरे ।
राप्ती सोनारी गाउपालिकामा १ मा नेपाली कांग्रेसका चन्द्र बहादुर वली अध्यक्षमा विजयी भएका
छन् । १ जना महिला सदस्य बाहेक सवै पदमा काँग्रेसले जित हात पारेको हो । त्यस्तै राप्तीसोनारी गाउँपालिका वडा ९मा नेपाली कांग्रेसकै महाविर वली अध्यक्षमा विजयी भए । डुडुवा १ मा नेपाली काँग्रेसका पाटेश्वर कुर्मी विजयी भएका हुन् । नरैनापुर वडा नं. ३ मा काँग्रेसका राज कुमार मौर्य, वडा नं. ५ मा कृष्णचन्द्र मुराउ, ६ मा विरेन्द्र पाल सिंह विजयी भएका छन् ।
संघीय समाजवादी फोरमले नेपालगन्ज–२३, नरैनापुर १, २ र ४, जानकी गाउँपालिका १ मा विजय हासिल गरेको छ । नेपालगन्ज २३ मा विजयी फोरमका मो. हुसेनले १ सय ८८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले १ सय ५५ मत प्राप्त गरे । फोरमले दलित महिला सदस्य, महिला सदस्य र दुई खुल्ला सदस्यमा विजयी हासिल गरेको हो । नरैनापुरमा संघीय समाजवादी फोरमका वडा नं. १ मा मोलहे बेहना, २ मा मसुद अहमद शाह, वडा नं. ४ मा दिनेश प्रसाद शर्मा विजयी भएका हुन् । जानकी – १ मा मो. रजा राईन विजयी भएका हुन् ।
बाँकेको डुडुवा गाउपालिकाको ६ नं. मा मधेस जनअधिकार फोरम लोकतान्त्रिक विजयी भएको छ । त्यहा मोहन राम मिश्रा विजयी भएका हुन् । माओवादी केन्द्र नेपालगन्ज–३ बाट विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार अयुव सिद्दिकी विजयी भएका हुन् ।

अपडेट : राप्रपाले नेपालगन्ज उपमहानगर पालिकको ४ र ५ मा विजय हात पारेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया