नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, कोहलपुर वडा नं. १, खजुरा वडा नं. १ मा एमाले विजयी भएको छ ।
यद्यपि, नेपालगन्ज १ मा एमालेका प्रमोद रिजाल विजयी भएका हुन् ।
खजुरामा सुमन मल्ल ठूलो मतान्तरले विजयी भएका छन् । मल्लले १ हजार ५८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएको माओवादी केन्द्रले ३ सय ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेका गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नं. १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै बिजयी भएको छ । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली कांग्रेसले २८० मत प्राप्त गरेका थिए ।
त्यस्तै, संघीय समाजवादी फोरमले डुडुवा र नरैनापुरमा गरीमा ३ वटा र नेपाली काँग्रेसले डुडुवामा २ वटा वडामा जित हात पारेको छ ।
अहिलेसम्म बाँकेमा ८ वटा वडाको रिजल्ट आएको छ ।