बिशाल रानामगर
बाँके लगायत प्रदेश नं. ३, ५ र ७ नम्बर प्रदेशका जिल्लाहरुमा बुधबार दोस्रो चरणमा स्थानीय तहको निर्वाचन
हुँदैछ । निर्वाचनलाई मध्यनजर गरी भारतसँग सीमा जोडिएका नाकाहरु बन्द गरिएका छन् ।
हुँदैछ । निर्वाचनलाई मध्यनजर गरी भारतसँग सीमा जोडिएका नाकाहरु बन्द गरिएका छन् ।
निर्वाचन हुने चर्चासँग दुई साता अघि भारतसँगको सीमा जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका नरैनापुरको दशगजा क्षेत्र घरदौरियामा पुग्दा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बलले सीमा सुरक्षा क्षेत्रमा संयुक्त गस्ती गर्दै थियो ।
असार १४ गते हुन थालेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सीमा सुरक्षा बलले संयुक्त रुपमा सीमा गस्तीलाई निरन्तरता दिइरहेको छन् ।
नरैनापुर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक तेज बहादुर रानाले भारतका सीमा सुरक्षा बलले समेत स्थानीय चुनावको अवस्थालाई मध्यनजर गरी संयुक्त गस्ती भइरहेको जानकारी दिए । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटाइएको छ ।