निर्वाचन केन्द्रित सुरक्षाका लागि सीमामा उच्च सुरक्षा सतर्कता (हाइअलर्ट) अपनाइएको छ ।
नेपाल प्रहरीले दशगजामा भारतीय सुरक्षाकर्मीसग संयुक्त गस्तीसगै सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर बाट चेकजा“च अगाडी बढाएको छ । ‘सुरक्षाको दृष्टिबाट कुनैपनि समस्या आउन नदिन हाइअलर्ट छौं’, बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईले भने ।
प्रहरीका अनुसार, विष्फोटक पदार्थ चेकजाच गर्ने र लागुऔषध चेकजाच गर्ने दुई वटा कुकुरले सक्रियतापूर्वक काम गरिरहेको छ । प्रत्येक नाकाबाट आउजाउ गर्नेमाथि चेकजाचसगै निगरानी गरिएको प्रहरीले जनाएको छ । ४८ घण्टा अगाडी सीमा नाका पूर्ण रुपमा शिल हुने भएपनि त्यसअघि देखि नै आवागमन निरुत्साहित गर्न थालिएको हो ।
सुरक्षा सतर्कताकै क्रममा शनिबार अपरान्ह ५ बजेदेखि मदिरा बेचबिखन पूर्णत निषेध गरिएको छ । ‘सेवन गरेर सार्वजनिक रुपमा हिडडुल गर्नेलाई पनि कानुनी रुपमा कारवाही हुन्छ’, प्रहरी उपरीक्षक राईले भने ।
यसैबीच, कोहलपुर प्रहरीले शनिबार मात्रै ४ सय लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरिदिएको छ । इप्रका कोहलपुरका इन्चार्ज सुरेश काफ्लेले शनिबारसम्म ५ हजार लिटर मदिरा नष्ट गरिदिएको बताए ।
‘अवैध ढंगले उत्पादन र विक्री वितरण भैरहेको मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने गरिएको उनले जानकारी दिए । त्यस्तै, सुरक्षा व्यवस्थामा खटिनु पर्ने बेला निर्वाचन प्रचारमा केन्द्रित पूर्व गृहमन्त्रीहरु नेपालगन्ज आएका छन् । भिआइपीको भीडले सुरक्षा चुनौति थपिएको छ ।