कस्को पल्ला भारी छ नेपालगन्जमा

कस्ले जीत्दैछ नेपालगन्जमा ।

नेपालगन्जन्यूज । नेपालगन्ज उपमहानगरपालिकाको चुनावी प्रचारको माहौल करिब अन्त्य तीर पुगेको छ । आइतबार राती १२ बजेबाट चुनाव प्रचार प्रसारको समय सकिदै छ ।

दलहरु चुनावी प्रचारको अन्तिम मुकाममा आइपुगेका छन् । दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको नेपालगन्जको नवाब को हुने भन्ने विषयले चिया पसल देखि मतदाताको घरसम्म छलफल र चासोको विषय बनेको छ ।
काँटेका टक्कर फुटबलको सडेन डेथ ग्रुपमा परेका टिमहरु मध्ये को टप सिक्सिटिनमा जान्छन् भन्ने पत्तो नलागे जस्तै नेपालगन्जको चुनावी प्रतिस्पर्धामा कस्को शिरमा ताज पहिरिने हो भन्न सकिने अवस्था छैन ।

 

यद्यपी सांगठनिक आधार, जनमत, चुनावी प्रचार र मुद्दाहरुका आधारमा नेपालगन्जमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघिय समाजवादी फोरमका विचमा तीव्र प्रतिस्पर्धा रहेको छ । नेक टु नेक प्रतिस्पर्धामा जो कोहि पनि विजयी हुने सम्भावना छ । पत्रकार झलक गैरे भन्छन् । ६२ हजार ५ सय १७ मतदाता रहेको र २३ वडाहरु रहेको नेपालगन्जका मुख्य प्रतिस्पर्धी ५ मेयरका उम्मेदवारहरुको जीत्ने आधारका बारेमा विश्लेषण प्रस्तुत गरिएको
छ ।

कनोडियालाई संगठनको भर

नेपाली कांग्रेसका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनोडियाको जीत्ने आधार नगरमा कांग्रेसको बलियो उपस्थिती हो । कांग्रेस नेताहरुका अनुसार ७ हजार भन्दा बढि कार्यकर्ताहरु नेपालगन्जमा छन् । जुन अरु दलहरु भन्दा बढि
हो ।
मधेशी समुदायको बाहुल्य रहेको उपनपामा कनोडियाले मधेशी समुदायको प्रतिनिधित्व गर्छन् । नेपालगन्ज मेडिकल कलेज उनका लागि प्लस प्वाइन्ट हो । अजेन्डा केन्द्रित उनको चुनाव प्रचार भव्य छ । कनोडियाको ब्रान्डिग गर्न कै लागि प्रचारमा खर्च पनि बढि गरिएको छ ।

निर्वाचन जीतेपछि तलब भत्ता नलिने उनको घोषणाले भ्रष्टाचार कम हुने आशामा मतदाता छन् । प्रचारमा व्यस्त कांग्रेस नेताहरु भन्छन्, कांग्रेसले कांग्रेसीलाइ नै मत दिए नेपालगन्जले रुखको शितलता पाँच बर्षसम्म पाउन सक्छ ।

शम्शुद्दिनलाई मुस्लिम मतदाताको साथ

शम्सुद्दिन सिद्दिकी एमालेका मेयर उम्मेदवार हुन् । करिब ७ हजार संगठित कार्यकर्ता रहेको एमाले नेपालगन्जमा सांगठनिक रुपमा बलियो मध्येको पार्टी हो ।

नेपालगन्ज उपमहानगरपालिकामा समाबेश भएका साविकका मनिकापुर, बासुदेवपुर, कारकादो लगायतका गाविसहरुमा एमालेको सांगठनिक प्रभाव रहेको एमाले बाँकेका उपसचिव प्रमोद धिताल बताउँछन् ।
नेपालगन्जमा सबैभन्दा बढि मतदाता रहेको मुस्लिम समुदायले आफ्नै समुदायको उम्मेदवार मेयर होस् भन्ने चाहना राख्नु स्वभाविक हो । तत्कालिन उपमेयर सिद्दिकी अघिल्लो पटक एमालेको पालामा नेपालगन्जमा भएको विकास निर्माणको श्रेय पनि मतदाताले दिनेमा ढुक्क देखिन्छन् ।

नेपालगन्जको सबै वडाहरुमा मुस्लिम समुदायको मत छ । वडा नंं.३,४,११, १६, १७ र २२ मा मुस्लिमहरु घना छन् । र यि वडाहरुबाट सिद्दिकीलाई व्यक्तिगत मत समेत आउन सक्ने बताइन्छ । एमाले नेताहरु भन्छन्, नेपालगन्जबाट फेरी सुर्य उदायो ।

दामोदर आचार्य कर्पोरेट उम्मेदवार

दामोदर आचार्य माओवादी केन्द्रका उम्मेदवार हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदरसंग नेपालगन्जका उद्योगी, व्यापारीहरुको साथ समर्थन छ । नेपालगन्ज उद्योग वाणिज्य संघको टिम नै उनलाई जीताउन लागिपरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय नेतृत्वले नेपालगन्ज जसैगरी जीत्नुपर्ने गरि आफ्नो शक्तिलाई केन्द्रित गरेका छन् । यसैको परिणाम त्रिभुवन चोकमा माओवादी केन्द्रका अध्यक्षले नेपालगन्जलाई अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता हो । केन्द्रिय नेताहरु टोल तहसम्म निर्वाचन प्रचारप्रसारमा केन्द्रित छन् ।

नेपालगन्जको निर्णायक मानिएको मुस्लिम मतदातासम्म उनको पहुँच पुगेको छ । यसलाई आफ्नो पक्षमा पार्न उनको क्रियाशिलताले चुनाव जीत्ने कुराको ग्यारेन्टि गर्छ । मधेश केन्द्रित दल राजपाको एउटा तप्काले दामोदरको समर्थन गर्ने सम्भावना समेत छ । हसिया हथौडाको प्रयोग गरेर नेपालगन्ज निर्माण हुनेमा दामोदर ढुक्क छन् ।

सदावहार धवल

नेपालगन्जका पूर्व मेयर धवल शम्सेर राणालाई आम मतदाताहरुसम्म चिनाइरहनुपर्दैन । उनको छवी विगत २० वर्ष देखि नै उज्यालो छ । राप्रपाका नेताहरु भन्छन्, चुनाव बैसाख ३१ मै भएको भए उनले जीत हात पार्न सक्ने अवस्था थियो । समय धेरै भएकोले अरु उम्मेदवारहरुले पनि खेल्ने मौका पाए ।

आम मतदाता धवललाई विकासप्रेमी ट्याग दिन मनपराउँछन् । एमालेबाट चुनाव जीतेर मेयर हुँदाको उनको नेतृत्वले गरेको कामको प्रशंसा हरतरहले सबैले गरिरहेका छन् । गत संविधान सभा चुनावमा दोश्रो भएका उनलाई जीत्नै पर्ने दवाव छ ।

एमालेका केहि कार्यकर्ताहरुमा रहेका धवल मोह अद्यापी छदैछ । बागी काग्रेसीहरु जो संगठित रुपमा हिन्दु राष्ट बनाउने अभियानमा छन् यिनीहरुका मत गाइमा जान सक्छ । मुस्लिम मत रिझाउन वडाहरुमा राप्रपाले मुस्लिमहरुलाई नै उम्मेदवार बनाएको छ ।

गाँउमा कमरुद्दिन

संघिय समाजवादी फोरमका उम्मेदवार कमरुद्दिन मसाल बोकेर गाउँ पसेका छन् । नेपालगन्ज बाहिरको पिप्रहवा, जयसपुर, पुरैनी, पुरैना लगायतको ग्रामिण भेगमा संघिय समाजवादी फोरमको प्रभाव छ ।
फोरमका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत लगायतका नेताहरु नेपालगन्जमा डेरा जमाएर बसेका छन् ।
पश्चिम नेपाल कै मधेश आन्दोलनको केन्द्र नेपालगन्जमा मधेशी सहानुभूतिको मत मसालमा जान सक्छ । आन्दोलनको संगैको सहयात्री राजपाले समेत समर्थन गर्ने सम्भावना छ कमरुद्दिनलाई ।
मुस्लिम समुदायबाट कमरुद्दिनलाई कति मत आउँछ यसैले उनको जीतको निक्र्यौल गर्न सकिन्छ ।

ADVT

प्रतिक्रिया

प्रतिक्रिया