रुपा गहतराज
राजनितिमा बोलेर मात्र पुग्दैन काम गरेर देखाउनु पर्छ । कुरामा भन्दा काममा बढी बिश्वास राख्छिन् नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार शान्ति ढकाल । त्यही काम गर्ने शैलीले परिचित छन । आटेको काम गर्नु नै उनको पहिलो प्राथमिकता हुन्छ । मतदाताले भोट, कुरा सुनेर दिंदैन । त्यसैले उनी कामले रिझाउने प्रयास गर्छिन् । शान्ति भन्छिन्, ‘मेरो मुल्याकंनको कसी नै मेरो काम हो ।’
कुरता सुरवालका साथ पान्डा जुत्ता लगाएर मतदाताको दैलोमा भोट माग्न ब्यस्त छन । हिजो पनि जनताको सेवा गरेकै हो । आज पनि जनताको सेवाका लागि भोट मागि राखेकी छु । उनले यो कुरा भनिरहदा उनको अनुहारमा उत्साह थपिएको थियो । राजनीति यात्रामा इमान्दारको छबी बनाएकी शान्तिले कहिले पनि अराजक बन्न जानिनन् । आप्mनो कामलाई सधै सम्मान गर्ने उनी सधै कामको धुनमा हुन्छिन् ।
नेतालाई बढी बोल्ने आरोप लागिरहदा शान्ति कमै बोल्न रुचाउछिन् । तर जब कार्यक्रममा भाषण दिन्छिन बेजोड प्रस्तुती हुन्छ उनको । उनका भाषण ले कार्यक्रममा तालीको गरगराहट चाडै रोकिदैन । नेपालगन्ज देखि ६ किलोमिटर पर राझामा बस्दै आएकी शान्ति घरमा भन्दा धेरै समय नेपालगन्जमा बिताउ“छिन् ।
उनको सादगी जीवनशैली नै शालिनताको बयान गरिरहन्छ । राजनीतिमा लाग्दा परिवारलाई कहिलै समय दिन
सकिनन् । परिवारले पनि कहिले गुनासो गरेनन् । ‘समाजमा लागि केही गर्ने धुनमा मग्न भए । कहि थाहा छैन कस्तो आत्मसन्तुष्टी हो’, उनले प्रति प्रश्न गरिन ।
२०४२ मा चितवनको माडी बाट वामपन्थी आन्दोलनमा प्रवेश गरेकी शान्तिले २०४६ को जनआन्दोलनमा चितवनमा माडीमा सक्रिय सहभागिता सुरु गरिन् । २०५०मा अनेमसंघ बाँके इलाका नं ५को सदस्य भइन । २०५२ सालमा नेकपा एमालेको पार्टी संगठित सदस्यता प्राप्त गरि इलाका कमिटी सदस्यमा नियुक्त भएर तीन कार्यकाल जिम्मेवारी वहन
गरिन् ।
२०५२ सालको जिल्ला अधिवेशनबाट नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य निर्वाचित भई इलाका नं ५ को इन्चार्ज भएर पार्टीको सांगठनिक जिम्मेवारी सुरु गरि लगातार तीन कार्यकाल कुशलता पूर्वक जिम्मेवारी पूरा गर्न सफल भइन । त्यस पछि नेकपा एमाले पार्टी अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी वहन गर्दै केन्द्रीय प्रतिनिधि परिषद् सदस्य समेत बन्न सफल भइन ।
२०५६ देखि अनेम संघ केन्द्रीय सदस्य भएकी शान्ति बाँके जिल्ला तथा कर्णाली ईन्चार्ज सम्मको जिम्मेवारी वहन गर्दा उनले महिला तथा राजनीतिमा महिलाको अवस्थालाई नजिकबाट निहाल्न पाइन र तर यस बारेमा उनको राय फरक छ । उनी भन्छिन्, ‘महिला र पुरुषका आवश्यकता फरक होलान तर समवेदना उही हुन् ।’ उनी महिला लाइ छुटै अधिकार दिलाउनु भन्दा समान अधिकारको वकालत गर्न रुचाउछिन् ।
देशमा, राजनीतिक परिवर्तन पश्चात देश संघियतामा गए पछि शान्ति प्रदेश नं ५को प्रदेश सदस्य भइन । राजनीतिमा मात्र उनको दखल छैन । सामाजिक सरोकारका क्षेत्रमा पनि उनको दायरा फराकिलो छ । मानव अधिकार एलायन्स, महिला संजाल, रेडक्रस, विद्यालय व्यवस्थापनको अध्यक्ष, सृजनसिल आमा समूह सहकारीको संस्थापक अध्यक्ष, महिला उपकारमञ्चको दुई कार्यकालको सफल अध्यक्ष जस्ता अन्य विभिन्न सामाजिक क्षेत्रमा लामो अनुभव शान्तिले संगालेकी छन् ।
उनी बाँके जिल्ला सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हु“दा उनको काम गर्ने उर्जा हेर्ने लायक थियो । उपप्रमुखको पदका उम्मेदवार भएकी शान्तिको पहिलो प्राथमिकता विकास हो । उनी भन्छिन्, ‘बा“केलाई डुबान मुक्त बनाउछु ।’ ‘नगरमा थपिएका गाबिसहरुलाई विकासको मुलधारमा ल्याउनु छ’, उनले थपिन्, ‘नगरबासीको काम लगायत विकासमा इमान्दारिताका साथ काम गर्न सक्छु ।’
भ्रष्टाचार मौलाएको उपमहानगरपालिका कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने योजना सुनाउदै आफनो नेपालगन्ज नगर क्षेत्रमा मुलुकको नमुना नगरमा परिणत गर्नको लागि हरसम्भव प्रयासमा खरो उत्रने उनले बताइन ।
सद्भावको सहरको विशेषता बोकेको नेपालगन्जका बारेमा सबैले शान्ति र सद्भाव कुरा गरेका छन । शान्ति भन्छिन्, ‘त्सका लागि सांस्कृतिक विविधताको सम्मान पहिलो सर्त हो ।’
राजनीतिक सामाजिक अनुभव संगाल्दै आएकी शान्तिले आफनो अनुभव र उर्जा लाई प्रयोग गर्न उपमेयरमा उमेदवारी दिएको बताउदै शान्तिले भनिन्, ‘इमान्दारीपूर्वक जनताको सेवामा लाग्नेछु ।’