राजश्व अनुसन्धानका दुई कर्मचार घुसको रकम सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोलीले बिहीबार राजश्व अनुसन्धान मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरमा छापा मारेको छ ।

अख्तियारको कोहलपुर स्थित कार्यालयको टोलीले नजिकै रहेको राजश्व अनुसन्धान कार्यालयमा छापा मारी दुई जना अधिकृतलाई घुस रकम सहित पक्राउ गरेको हो ।

अख्तियारले दिएको जानकारी अनुसार, बिहीबार दिउसो राजश्व अनुसन्धान मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरबाट अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई कार्यालय परिसरबाटै घुस रकम सहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

‘उनीहरुबाट ५ लाख ७० हजार घुस रकम रंगेहात बरामद गरिएको छ’, अख्तियारले भनेको छ, ‘नियन्त्रणमा लिइएका उनीहरुबारे थप अनुसन्धान भैरहेको छ ।’ उनीहरुले व्यापारीबाट नियन्त्रणमा लिइएका भ्याट तथा स्टीमेट कागजातहरु मिलाइदिने भन्दै घुस रकम माग गरेका थिए । ‘सूचना एवं उजुरीका आधारमा आयोगले टोली खटाएको थियो’, स्रोतले भन्यो ।

यसैबीच, नेपालगन्जको एउटा उद्योगका लागि आवश्यक पर्ने टे«ड मार्क चिन्ह प्रदान गर्ने प्रयोजनका लागि घुस माग्ने उद्योग विभागका सुब्बा गोेविन्द कंडेल र ग्लोबल ल एशोसिएटका कर्मचारी कुशश्री विश्वकर्मालाई अख्तियारको केन्द्रीय टोलीले उद्योग विभागबाटै पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया