अवैध मदिरा नष्ट गर्दै कोहलपुर प्रहरी

इलाका प्रहरी कार्यालय कोहलपुरले त्यस क्षेत्रका विभिन्न ठाउँमा छापा मारेर घरेलु अवैध मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी सुरेश काफ्लेले अवैध मदिराको कारोबार बढेपछि छापा मारेर मदिरा नियन्त्रणमा लिएको जानकारी दिएका छन् । अवैध मदिराको बढ्दो कारोबारले स्थानीय निकायको निर्वाचनमा असर पार्न सक्ने सम्भावनाका कारण छापा मारेको बताइन्छ । बुधबार कोहलपुर प्रहरीले २ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् ।

प्रहरीले असार १० गतेदेखि वैध रुपमा समेत मदिराको बिक्री वितरणमा बन्देज लगाउने जनाएको छ । प्रहरीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया