उत्सवमय उम्मेदवारी

रंगीविरंगी व्यानर । पार्टीका चुनाव चिन्ह झल्किने सेता, हरिया र राता टिसर्ट र टोपीमा सजिएका सहभागीहरु । जोशिलो नारा । संगीतमय वातावरण । वरिपरी कार्यकर्ता विचमा नाँचगान । बैन्ड बाजाको झाँकीं । उम्मेदवारहरु प्रायःले फुलका माला र खादा लगाएका । बजार र चोक सबैतिर पार्टीका झण्डा सहितका मोटरसाइकल कुदिरहेका । सबैको मनमा विजयी भाव । चर्को गर्मीको परवाह विना र्यालीमा सहभागी ।
यो दृश्य आइतबार बाँकेका ८ वटै मतदान केन्द्रको वरिपरी देखिए । दलहरुले उम्मेदवारी दर्ताका क्रममा देखिएको दृश्य थियो । बाजागाजा सहितको दृष्यले जिल्ला पुरै रमाएको देखियो । एकाध अपवाद बाहेक बाँकेमा उत्साह र उत्सवपूर्ण उम्मेदवारी दर्ता गरिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका सहित बाँकेका सबै स्थानीय तहमा असार १४ को चुनावका लागि उम्मेदवारी दर्ता भएको छ । ‘शान्तिपुर्ण रुपमा सबै ठाउँमा उम्मेदवारी दर्ता सकिएको छ,’ जिल्ला सुरक्षा समितिका अध्यक्ष, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दैनिक नेपालगन्जसँग भने । बैजनाथ गाउँपालिकामा भएको घटना बुभ्mन स्थलगत पुगेका प्रजिअ पन्थले घटना पूर्णतः सुरक्षा नियन्त्रणमा रहेको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।
आइतवार बाँकेका सबै स्थानीय तह पुगेका दैनिक नेपालगन्ज संवाददाताको निष्कर्ष थियो, ‘यो निर्वाचनलाई आम मतदाताहरुले उत्सवका रुपमा लिएका छन् ।’ लोकतन्त्रको सुन्दरता नै नागरिकहरुको सक्रियतापूर्वक हुने सहभागिता हो । विना संकोच मतदाताहरु अझ उल्लेख्य मात्रामा युवाहरुको सहभागितालाई उम्मेदवारी मनोनयन दर्ता रयालीमा देखिएको थियो ।
प्रचार गीतमा रामलीला मैदानमा नाँचिरहेकी ममता थापालाई कार्यक्रम असाध्यै रमाइलो लागिरहेको थियो । संवाददातासँग भनिन्, ‘तीजमा नाचे जस्तै लागिरहेको छ । चुनाव त मैले सपोर्ट गरेकोले जीतोस् भन्ने चाहना हो तर त्यो भन्दा मज्जा चुुनाव हुने भयो भन्ने हो ।’ भवानियाँपुरबाट आएका अर्का प्रौढ सफिक अहमदले भने, ‘मेलामा आइरहेको जस्तो लागिरहेको छ । जताततै नाचगान र रमाइलो छ ।’
यसरी प्रतिक्रिया दिइरहँदा नेपालगन्ज उपमहानगरपालिकाका लागि निर्वाचन कार्यालय रहेको नगर विकास समितिको कार्यालय हाता भित्र उम्मेदवारहरु आफ्नो मनोनयन पत्र दर्ता गर्न गएपछिको खाली समयमा समर्थकहरु समुह बनाएर बसिरहेका थिए । उनीहरु नाँच्थे । रमाइलो गरिरहेका हुन्थे । गज्जबको दृष्य के थियो भने, एकातिर बैण्डबाजाको तालमा संघीय समाजवादी फोरमका कार्यकर्ता बीच ‘जय मधेस’ को नारा घन्किइरहेको थियो भने, छेवैमा सहि पनि एमाले, मै पनि एमाले गीतमा बद्री पंगेनीलाई पछ्याउदै नाँच्ने एमालेका कार्यकर्ताहरु उत्साहित थिए ।
त्यति मात्र हो र ? जय मधेसको चर्काे नारामा झुमेकाहरुलाई चुनाव चिन्ह गाई अंकित टिसर्ट लगाएर नियालीरहेका मधेसी युवा र मोटरसाइकलमा एकातिर हँसिया हथौडा अर्काेतिर चुनाव चिन्ह गिलास चिन्ह अंकित झण्डा टाँगेका पहाडी अनुहारका युवा नजिकै बसेर मुस्कुराइरहेको दृष्यले राजनीतिक सद्भावको परिपक्वता प्रष्ट्याएको थियो । आफ्नो पार्टी र चुनाव चिन्ह अंकित झण्डासँगै चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा बोकेका फोरम लोकतान्त्रिकका उम्मेदवार त्यही भिडबाट जाँदाको दृष्य अझ लोभलाग्दो देखियो । नेपालगन्जको प्रमुखमा ऋतु शाही र उपप्रमुखमा उम्मेदवारी दिएका मिसबाहुल हक एक टकले नमस्कार गरिरहेका थिए, बिल्कुल चुनाव चिन्ह आकारमा !
दिनभरीको दृश्य नियालिरहेकी गोरखापत्रका लागि नेपालगन्ज संवाददाता रुपा गहतराजले भनिन्, ‘स्थानीय तहको उम्मेदवारी दर्ता पछि मलाई लागिरहेको छ नेपालगन्ज सा“च्चिकै सद्भावको सहर बन्दैछ ।’
कोहलपुरमा दशौं हजार मतदाता सडकमा उर्लिएका छन् । उम्मेदवारी सँगै मुख्य पार्टीले शक्ति प्रदर्शननै गरे । उसो त नेपालगन्जमा पनि शक्ति प्रदर्शन नै गरिएको देखियो, तर कोहलपुरमा उर्लिएका मतदाताले जनतालाई आफ्ना प्रतिनिधि चुन्न लागेको हतारो प्रष्ट्याउँथ्यो । बाँकेमा नेपालगन्ज पछिको दोस्रो ठुलो सहर कोहलपुर, नगरपालिका घोषणापछि पहिलो पटक जननिर्वाचित प्रतिनिधि चुन्दैछ । त्यो आकर्षण उम्मेदवारमा मात्रै होइन, जनतामा पनि उत्तिकै देखियो ।
खजुरा गाउँपालिकाको कपास विकास समितिमा निर्वाचन कार्यालय राखिएको छ । दिनभर उम्मेदवारी चलिरहँदा वरिपरि शितल रहेको कम्पाउन्डको चार कुनामा चार पार्टीका कार्यकर्ता नाँचिरहेका थिए । नाँच हेर्न फरक फरक पार्टीका जमघटमा समर्थकहरु जान कुनै रोकटोक थिएन ।
जानकी गाउँपालिकाको दृश्य पनि फरक थिएन । दलहरुले समर्थक ल्याउन मिहिनेत गरेका थिए । ‘डिजे सहितका युवाहरु सम्हाल्नै धौं,’ साविकको खजुराखुर्द गाविसका तत्कालिन अध्यक्ष पदम धितालले जनतामा देखिएको उत्साहले निर्वाचन प्रतिको आकर्षण झल्काएको प्रतिक्रिया दिंदै भने, ‘लालाबाला लिएर मधेसी महिलाहरुको उपस्थिति अझ बृहत् देखिन्थ्यो ।’
डुडुवामा त राती १० बजेसम्म निर्वाचन अधिकृतको कार्यालय भरिभराउ थियो । ‘भरखर आफ्नो सबै प्रक्रिया सकेर घर आइपुगें,’ अध्यक्ष पदमा उम्मेद्वारी नदिंदै नैतिकताका आधारमा नेपाल पत्रकार महासंघको साधारण सदस्यता त्याग गरेका नेकपा एमालेका युवा नेता सकिल खानले साढे १० बजे राती भने । ‘लाग्थ्यो कुनै महाउत्सव चलिरहेको छ,’ दिनभरको नाँचगानले थकित भएको सुनाउँदै सकिलले भने, ‘आम जनतामा यो उत्साह सधैं कसरी कायम गर्न सकिएला भन्ने सोंच्दैछु ।’
खजुरा बजार एकनम्बरका व्यापारीहरु मुसबेटवा बाबाको मेला पछि यस्तो दृश्य देखिरहेको बताउँछन् । हुनपनि बजारभरि मोटरसाइकल र समर्थकहरुको आउजाउ बाक्लै थियो । चुनावमा जनता मतदानका लागि आतुर छन् । उत्साहित छन् । चुनावको लागि जनताको समर्थन हो यो । यसले लोकतन्त्रलाई संस्थागत गर्न र जनताका लागि अधिकारको स्वाद दिलाउन सकारात्मक योगदान दिने विश्लेषकहरु बताउँछन् ।
चुनाव प्रतिको उत्साहले स्थानीय तहको निर्वाचनको सम्पुर्ण सफलताको मार्गप्रशस्त गरेको छ । नागरिकहरुको सक्रिय हस्तक्षेपका लागि चुनाव अपरिहार्य छ । र, त्यो चुनावमा विवेकको प्रयोग गर्न समेत नागरिकको उत्साहले सहयोग पुर्याउदछ । मात्र यो उत्साहलाई विवेकसम्मत निर्णय गर्नका लागि मतदानका दिनसम्म पुर्याउन राजनीतिक दलहरुको सचेतपुर्ण अभियानको खाँचो छ । निर्वाचन बिथोल्ने घोषणाका कारण प्रहरी हिरासतमै पुगेकाले त यो सबै दृष्यबाट बन्चित भए । तर, त्रिभुवन चोकको एउटा किनारमा बसेर यो सबै नियाली रहेका राजपाका कार्यकर्ताहरुलाई पक्कै लागेको होला, जनता देश बनाउन चाहन्छन्, असार १४ बाट त्यो अभियानले सुत्रपात गर्छ !
एकाध अपवादका घटना बाहेक दोस्रो चरणको निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता शान्तिपूर्ण, उत्साह र उत्सवपूर्ण ढंगले सम्पन्न भएको छ । अपवादका रुपमा खजुरामा का“ग्रेसका कार्यकर्ताहरु बीच नै झडपको अवस्था भयो । बैजनाथमा हवाई फायर र अश्रु“ग्यासका सेल फेक्नु पर्ने अवस्था भयो । प्रहरीका अनुसार, सुरक्षा संवेदनशीलताको वेवास्ता गरी एमालेले गरेको चुनावी सभाले तनाव सिर्जना गर्यो । सभाका कारण एमाले र माओवादी कार्यकर्ता बीच ढुंगा हानाहानको अवस्था आएपछि अप्रिय अवस्था आउन नदिन प्रहरीले १२ राउण्ड हवाई फायर र ७ सेल अश्र“ुग्या“स प्रहार गरेको थियो । घटनामा दुई प्रहरी र ५ एमाले कार्यकर्ता सामान्य घाइते भए ।
बा“केका ८ तहमा ८१ वटै वडामा उम्मेदवारी परेको छ । आइतबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लामा ३ सय ३४ तहका १५ हजार ३८ जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा का“ग्रेसबाट डा. सुरेश कनोडिया, एमालेबाट सम्सुद्दिन सिद्दिकी, माओवादीबाट दामोदर आचार्य, राप्रपा डा. धवल समशेर राणा, संघीय समाजवादी फोरमबाट कमरुद्दिन राई, फोरम लोकतान्त्रिकबाट ऋतु शाही, जनमोर्चाबाट कृष्णराज पाण्डे, राप्रपा राष्ट्रवादीबाट कृष्ण खरेल, नया“ शक्तिबाट जगत कुमारी खड्काले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, नेपालगन्जकै उपप्रमुखका लागि उमा थापा, एमालेबाट शान्ति ढकाल, माओवादीबाट कलामुन अन्सारी, संघीय समाजवादी फोरमबाट शोभा लखेर, फोरम लोकतान्त्रिकबाट मिसबाहुलहक अन्सारी, नया“ शक्तिबाट ममता बनिया, राप्रपाबाट रमारानी वैश्य लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
का“ग्रेसले कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जुकुमारी थारु, राप्ती सोनारी गाउँपालिकामा प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनिकुमारी खत्रीलाई उम्मेदवारी दिएको छ । त्यस्तै, बैजनाथ गाउँपालिका प्रमुखमा देवबहादुर खत्री, उपप्रमुखमा भावना चौधरी, खजुरा गाउँपालिका प्रमुखमा नक्की खाँ र उपप्रमुखमा अध्यक्ष दीपा आलेलाई उम्मेदवार बनाइएको का“ग्रेस बा“केका सचिव तप्प पौडेलले जानकारी दिए । नरैनापुरमा रामचन्द्र मौर्य प्रमुख, अतिकुल निशा उपप्रमुख, डुडुवामा नरेन्द्र चौधरी प्रमुख, उपप्रमुखमा सायदा बानो, जानकी गाउपालिकामा छब्बन खाँ प्रमुख तथा रामप्यारी यादव उपप्रमुख पदको उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट कोहलपुरमा प्रमुखका लागि लुट बहादुर रावत र उपप्रमुखका लागि कृष्णा कुमारी चौधरी, बैजनाथ गाउँपालिकामा प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विक, खजुरा गाउँपालिका प्रमुख किस्मत कक्षपति र उपप्रमुखमा एकमाया विक, डुडुवा गाउँपालिकामामा सकिल अहमद खाँ र उपप्रमुखमा कृष्णावति पाण्डे, राप्तीसोनारी प्रमुखमा तुल्सीराम थारु र उपप्रमुखमा चमेली बागबल, जानकी गाउँपालिकामा रामनिवास यादव र उपप्रमुखमा भूमिसरा धिताल, नरैनापुर गाउँपालिकामा विक्रम यादव र उपप्रमुखमा सुनितादेवी यादवले उम्मेदवारी दिएका छन् ।
माओवादीबाट खजुरा गाउ“पालिका प्रमुखमा डम्बर विक तुफान, कोहलपुर नगरपालिकामा नरेन्द्र न्यौपाने, बैजनाथ गाउँपालिकामा राजमोहन थारु, राप्ती सोनारी गाउँपालिकामा प्रदिप चौधरी, नरैनापुरमा मेराज अहमद खाँ, डुडुवा गाउँपालिकामा भोला यादव, र जानकी गाउँपालिकामा रक्षा राम बर्मालाई उम्मेदवार बनाएको माओवादी केन्द्र बा“केका संयोजक आइपी खरेलले जानकारी दिए ।
संघीय समाजवादी फोरमले जानकीमा नन्दकिशोर बर्मा प्रमुख र सुन्दरी त्रिपाठीलाई उपप्रमुख, डुडुवामा विजय यादव प्रमुख र जविदा खातुनलाई उपप्रमुख उम्मेदवार बनाएको छ । ‘अन्य गाउ“पालिकामा नया“ शक्तिलाई दिइएको छ’, फोरमका केन्द्रीय नेता इस्तियाक राईले भने । यद्यपि, नया“ शक्तिले भने सहमति अनुसार उम्मेदवारी हुन नसकेको बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया